Loading... आजः शनिबार , श्रावण १२, २०८१

दुईपक्षीय भिडन्तमा 2० भारतीय सैनिकको मृत्यु, 19 घाइते


फाइल तस्बिर

भारत र चीनबीचको सीमा विवादका कारण भएको दुई पक्षीय भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय अधिकारीहरुले बताएका छन्। यसबाहेक अन्य सात जना गम्भीर घाइते भएको र १२ जना खतरामुक्त घाइते भएको समाचार श्राेतले जनाएको छ।

सीमा क्षेत्रमा दुई देशका सैनिक अधिकारी बिनाहातहतियार हिँड्थे। हातहतियार लिएर लाइन अफ एक्चुअल कन्ट्रोल LAC मा जान नपाइने दुुुवै देेेेशकाेे सहमतिअनुसार दुवै पक्षका सेना बिनाहातहतियार नै निगरानी गर्ने गर्थे। मतभेद हुँदा कुमले ठेल्ने, गाली गर्ने र लात्तीले हान्ने सम्म हुने गरेको थियो। जसलाई सामान्य नै मानिन्छ पनि। उनीहरू विवाद हुँदा धकेलाधकेल र कुहिनाले हानाहान मात्र गर्थे। हतियार नै चलाउने अवस्थामा पुगेका थिएनन्। तर, पछिल्लो केही सातादेखि दुई देशका सैनिकबीच भारतीय सेना बलपूर्वक चिनियाँ सीमाक्षेत्रमा प्रवेश गर्ने र चिनियाँ पक्षले बारम्बार त्यस्तो नगर्न चेतावनी दिंदा पनि नटेर्ने गरिरहेका थिए। यसै विषयलाई लिएर विवाद चर्किएको थियो। भारतीय सेनाले दाैलतवेग वल्डीराेड, गल्वानघाटी पास सडककाे फिगर 1 देखि 4 सम्म अाफ्नाे भएको दाबी गर्दै चिनियाँ जनमुक्ति सेनालाई जिस्काइरहेकाे थियो। भारतले अनाधिकृतरुपमा विवादास्पद क्षेत्रमा 81 ब्रिगेडकाे 16 बिहार रेजिमेण्ट, 12 अासाम रेजिमेण्ट र 2 डाेगरा रेजिमेण्टलाई अग्रभागमा परिचालन गरेको छ। विवादास्पद भूमिबाट तैनाथ सेनालाई हटाउन वार्ता चलिरहेकाे र संवादबाट हल गर्ने विषयमा धेरैपटक छलफल भए पनि दुई पक्षबीचको अडानका कारण मिल्न सकेको थिएन। यसैबीच, भारतीय पक्षले गाेर्खा पल्टनकाे 3-1 जिअार, 4-9 जिअार र 6 महारेजिमेण्टलाई किन्नाेर र लाहाेलमा स्ट्याण्डबाइ अर्थात तैनाथ गरेपछि चिनियाँ पक्ष रिसाएको थियो। चिनियाँ र भारतीय सेनाका बीच यिनै विषयलाई लिएर वादविवाद बढ्दै गरेपछि हात हालाहाल हुँदै मुक्कामुक्की भएको थियो। मुक्कामुक्कीका क्रममा भारतीय सेनाका कर्णेल सहित तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो। अन्य 24 जना गम्भीर घाइते भएका थिए भने अरु 12 जना खतरामुक्त घाइते भएका थिए। जसमध्ये थप 17 जनाको उपचारका क्रममा निधन भइसकेको पुष्टि भएको छ भने घाइतेको संख्या 19 रहेको छ। 19 जना घाइते मध्ये 7 जनाको अवस्था गम्भीर छ।भारत र चीन बीच लद्दाकमा भिडन्त हुँदा सैन्य अधिकृत सहित २० जनाको मृत्यु भएको हो। सीमा विवादकै कारण यसै क्षेत्रमा ४५ वर्ष अघि पनि दुई देश बीच युद्ध भएको थियो।

Insert your Ads code here

भारतीय सैन्य अधिकारीहरुले प्रारम्भमा तीन जना सैनिक जवानको मृत्यु भएको र युद्धरत दुबै पक्षलाई क्षति पुगेका बताएका थिए। तर अधिकारीहरुले मृत्यु हुने सैनिकहरुको आकडा सच्याउँदै द्वन्दमा गम्भीर घाइते भएका सैनिकहरुको मृत्यु भएको भन्दै मृतकको संख्या २० पुगेको बताएका छन्।

चीनले हालसम्म आफ्नो पक्षमा भएको मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी सार्वजनिक गरेको छैन। चीनियाँ पक्षले भारतीयहरु सीमा नाघेर आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोप लगाएका छन्। एसियाका दुई शक्तिशाली मुलुक बीच नेपालकाे सिमाना नजिकै यसरी हिंसात्मक द्वन्द हुनुलाई गम्भीर रुपमा हेरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!