दुई खाडी मुलुकद्वारा नेपाललाई मेडिकल सामग्री सहयोग काेठियाघाट अनलाइन । बैशाख १८, २०७७ बिहिबार दुई खाडी मुलुकले नेपाललाई मेडिकल सामग्री सहयोग गरेका छन्। संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री पठाएका हुन्। दुबै देशले जहाज चार्टर्ड गरेर नेपालमा सामग्री पठाएका हुन्। विमानस्थल कार्यालय प्रमुख देवेन्द्र केसीका अनुसार दुबईबाट इतिहाद एयरवेज र कतारबाट कतार एयरवेजले सहयोग सामग्री बोकेर ल्याएका थिए। कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ। यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेको सेतोपाटी अनलाइनले जनाएको छ।Insert your Ads code here त्यस्तै, दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ। Please follow and like us: तपाइँकाे प्रतिक्रिया