बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद र नेपाली सेनापति पूर्णचन्द्र थापाबीच आइतबार भेटवार्ता भएको छ। नेपाली सेनाको मुख्यालय शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ता द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धमा केन्द्रित थियो।
नेपाली सेनाका सेनापति थापाले छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको भ्रमणले दुई देशबीच सैनिक सम्बन्ध अझ सुमधुर र प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको प्रतिक्रिया दिनुभएको छ।
बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद नेपाल भ्रमणका लागि गत शुक्रबार नै काठमाडौँ अाइपुग्नुभएकाे हो।