Loading... आजः शनिबार , श्रावण १२, २०८१

दुई दोकान सील गर्दै मासु पसल सफा नभएकोले थप 15 दिन खोल्न नपाइने


गान्तोक 7 अप्रेल। सिक्किमको राजधानी गान्तोकको प्रमुख मासु पसल लालबजारको सफाईको मानदण्ड पूरा गर्न दिएको एक हप्ताको समयपछि पनि स्वच्छतालाई ध्यान नदिएकोले अझ 15 दिन पसल खोल्न नदिने गान्तको नगर निगम, पशुपालन अनि स्वास्थ्य विभागको अधिकारीहरूले संयुक्त निरिक्षण पछि निर्णय गरेका छन्। स्वच्छताको मानदण्ड पूरा गर्न प्रयास समेत नगर्ने दुईवटा कुखुराको मासु दोकान भने सील गर्ने निर्णय गरिएको छ। गान्तोक नगरनिगमका मेयर शक्तिसिंह चौधरी पशुपालन विभागका अतिरिक्त निर्देशक डा. मदन शङ्कर, निगमका आयुक्त हेमकुमार छेत्री, स्वास्थ्य विभागका डेजिग्नेटेड् अफिसर निरज थापा र अन्य अधिकारीहरूले मङ्गलबार संयुक्त निरिक्षण गर्दा भैंसी, गोरु, खसी,कुखुरा र माछा दोकानका दोकानेहरूले स्वच्छताको कुनै मानदण्ड पूरा नगरेको पाएपछि 15 दिनको समय दिँदै सबै सफा अचानो, मासु झुण्डाउने झीर, मासु काट्ने औजारहरू खिया नलाग्ने हुनुपर्ने भएपनि पसलेहरूले सबै मानदण्ड पूरा नगरेको अनि दोकानको सफाईमा पनि ध्यान नदिएको कारण थप 15 दिनको निम्ति मासु दोकान बन्द राख्ने अनि पुनः जाँचपछि मानदण्ड पूरा भएको भएमात्र खोल्ने बताएका छन्। उनले मानिसको स्वास्थ्य सित कुनैहालतमा पनि सम्झौता नगरिने अनि आफूहरूले धेरै सम्झाइ बुझाइ गर्दापनि नसुनेपछि कार्वाही गर्न बाध्य भएको अनि दुईवटा कुखुरा मासु पसल भने अहिलेसम्म सफाईको निम्ति पनि नखोलिएको हुनाले सील गर्न बाध्य बनेको बताए। यसरी नै सुँगुरको मासु पसलभने सरसफाईमा राम्रो भएको हुनाले त्यसलाई सहीरूपमा सेनिटाइज गरेर एक-दुई दिनभित्र खोल्ने दिन निर्णय गरिएको बताए। अर्कोतिर स्वास्थ्यविभागका प्रतिनिधि थापाले मासु पसलेहरूले आवश्यक मानदण्ड पूरा नगरेको पाइएको अनि भेण्टिलेर र खिड्कीहरूमा पनि आवश्यक जाली नलगाएको, औजारहरू खिया नलाग्ने हुनुपर्ने नभएको अनि अचानोहरू पनि सबै फोहोर भएको हुनाले दोकान खोल्ने स्थिति नरहेको बताए। यसैगरी सुँगुरको मासु पसल खोल्ने विषयमा पनि गाउँबाट काटेर ल्याएको मासु बिक्रि गर्न नपाइने बधशालाबाटै जाँच गरेर काटिएको मासु मात्र बिक्रि गर्न पाउने बताए। उल्लेखनीय छ, गत एक हप्ता अघि नै पसल सफा राख्नुपर्ने माग गर्दै सम्बन्धित निकायले चेतावनी दिने बन्द थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!