Loading... आजः मंगलबार , मंसिर १८, २०८१

दुई महिना अघिनै उत्तरेदेखि चिवाभञ्ज्याङ सम्म जाने निर्माणाधीन सडक पूरा हुने


गेजिङ,९ मार्च। भारत नेपाल सीमाको उत्तरेदेखि चिवा भञ्ज्याङसम्म जाने निर्माणाधीन सडक अबको दुई महिना भित्रमै पूरा हुने मानेबुङ देन्ताम क्षेत्र प्रभारी प्रभारी पूर्ण हाङ सुब्बाले बताएका छन्।

सुब्बाले आज पैदल यात्रा गरि यस क्षेत्रको निरक्षण गरेका छन्। बोडर रोड अन्तरगत निर्माण हुँदै गरेको यस सडकको निर्माणमा केहि समय अघि बिलम्भ भएको थियो भने हाल सो कार्यलाई युद्धसतरमा लिएको छ। नेपालपटिबाट सडक अघावै सिमा क्षेत्रमा आइ पुगेको तर यता सिक्किमपटिबाट जाने सडक भने पुगेको छैन। यस कार्यलाई निरन्तरता दिन राज्य सरकारका सडक एवं पुल बिभागका मन्त्री साङ्डुप लेप्चाले गत डिसेम्बर महिनामा निरक्षण गरि सडकको सुस्तिपनलाई तीब्र गतिमा लाने सुझाव बमोजिम ठेकादारहरुले पनि सो कुरालाई सकारात्मक लिदै कार्य अघि बडाएर लगेको थियोे। यसै अनुरुप आज क्षेत्र प्रभारी पुर्णहाङ सुब्बाले चार घण्टाको पैदल यात्रा गरि सडकको निरक्षण गरे। आज भ्रमण टोलिमाप्रभारी सुब्बालाई साथ दिदै देन्ताम खण्ड बिकास अधिकारी बिजय प्रसाद सुब्बा, वरिष्ठ समाज सेवक एवं एचपिओका राष्ट्रिय अध्यक्ष गणेश याङ्मा साथै स्थानीय लिङ्गे वडाका पन्चायत साथै स्थानीयको एक टोलिले निरक्षण गरेको हो। प्रभारी सुब्बाले यस कार्यलाई निरक्षण गर्दै आज यहाँको प्रचलित स्थान चित्रे भन्दा धेरै अघाडी सम्म पुगेका थिए भने अब एक महिनाको अवधीमा चिउवाभन्ज्याङ सडक पुगे तयारीमा रहेको जानकारी दिए। यस कार्यलाई अघिल्लो सरकारकालमा धेरै बाधा अड्चन र लान्छनाले धेरै समय सम्म कार्यलाई अछुवाको चाल गरिएको थियो भने जब सिक्किममा सरकार परिवर्तन भयो तब नयाँ सरकारको जोस र जाँगरले आज यस योजनालाई चाँडै सफल गर्ने कोशिश गरेका सिक्किम सरकारका मुख्यमन्त्री पिएस गोले, सम्बन्धित बिभागका मन्त्री, ठेकादार सोम बहादुर सुब्बा सम्बन्धित बिभागका अधिकारीगणलाई धन्यवाद दिदै सडक अब एक महिनामा सिमानामा पुग्ने जमर्को रहेको जानकारी आज यस सम्बादाताला दिएका छन्।

स्मरण रहोस् उत्तरे देखि चिवाभञ्ज्याङसम्म (सिक्किम नेपालको सिमाना) सडक पुराउनुपर्ने म्याद पहिले नै सकिसकेको भएपनि आजसम्म सिमानासम्म सडक मार्ग नपुगेकोमा धेरैले खेदप्रकट गरेका थिए। तर नयाँ सरकार कालमा बहानाबाजि नगरी आगामी मार्च महिनाको अन्तसम्म गन्तव्यमा सडक पुग्नुपर्छ भन्ने चेतावनी अघावै दिएको थियो।

भारत नेपाल सिमा क्षेत्र चिउवा- भञ्ज्याङ्मा १० हजार २ सय ९९ फिट उचाइमा रहेको चिउवा भञ्ज्याङ् अहिले सिमा क्षेत्र मात्रै नभएर एक अति उत्तम पर्यटन स्थल बनेको छ। यस भेगका मानिसहरुको सिमाना नमिले पनि रगत र संस्कृति मिलेको हुँदा पर पुर्वकालदेखि नै यस ठाउमा नेपाल र सिक्किमका आम नागरिक ओहोरदोहोर गर्छन्।

अन्तर्राष्ट्रिय सिमा सम्म सडक निर्माण हुनु समयको माङ हो तर दुवै तर्फका सरकार तथा संबंधित बिभागले के गर्दा र कसो गर्दा यस पर्यावरणलाई धेरै ठुलो क्षति नगरीकन र छोटो दुरिमा सिमा सम्म पुग्ने किसिमको नाप नक्साहरुको पहिलेबाटा खाका तयारी गरेर सडक खेन्ने कार्यको थालनी गरेको हो। भारत नेपाल सिमा क्षेत्रको चिउवा-भञ्ज्याङ् आज सिमा रेखा मात्रै नभएर अन्तर्राष्ट्रिय पर्यक स्थल बन्दै गएको छ भने यता सिक्किम तर्फबाट पनि सडक खनिने कार्य युद्धस्तरमा चलिरहेको छ तर अझै केही समय लाग्ने अनुमान लगाइएको छ भने दुवै पक्षको सडक बेवास्ता ठिक भए पछि चिउवा – भञ्ज्याङ्ले विस्वमा छुट्टै इतिहास कायम गर्ने पर्यटकहरुले अनुमान लगाइ सकेका छन्।

अहिले सडक खन्ने कार्यमा केहि ढिलाइ भएकोले आज संबंधित बिभाग मन्त्रीले आधिकारिक भ्रमण गरेका हुन। स्मरण गराइन्छ पुर्व सरकार कालमा पनि त्यस ताकका मुख्यमन्त्री पवन चाम्लिङले गए बर्ष २०१९को डिसेम्बर महिनामै सडक पूरा गरेर आफू गाडीमा चिउवा भञ्ज्याङ् जाने वचन पनि दिएका थिए तर सो जानकारी विफल बन्यो भने बिचमा धेरै बाधाहरु भएकाले समयमा सडक सिमा क्षेत्रमा पुग्न सकेन। अब बर्तमान सरकारको पहलमा चाँडै सडक पुर्ण गरिने प्रभारी सुब्बाले जानकारी दिएका छन्। (के एन शर्मा)

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!