Loading... आजः शनिबार , श्रावण १२, २०८१

देशको तुलनामा सिक्किमले कोविड जाँच उत्कृष्टरूपले गर्दै आएको छ- डा. एमके शर्मा


गान्तोक, 6 जुन। सिक्किम सरकारले कोविड-19 जाँच बारे राष्ट्रिय स्तरमा असल काम गर्दै आएको जहाँ दस लाख मध्ये 15 सयलाई जाँच गरिँदैछ भने सिक्किमले 10 लाखमा सात हजारको कोविड जाँच गरेर देशकै अनुपातमा धेरै जाँच गर्न सफल भएको छ। सिक्किमले अहिलेसम्म 5005 वटा मनुना जाँच गरिसकेको जसमा चार हजार दुईसय 73 उत्तर बङ्गाल मेडिकल कलेजमा जाँच गरिएको सबै नेगेटिभ आएको अनि अझ सात सयको रिपोर्ट आउन बाँकी रहेको जुन उत्तर बङ्गाल र एसटीएनएमको प्रयोगशालामा रिपोर्ट आउन बाँकी रहेको बताए। पत्रकारहरूसँग विशेष कुराकानी गर्दै यस प्रकारको जानकारी सिक्किमका स्वास्थ्य मन्त्री डा. एमके शर्माले दिएका हुन। उनले राज्य सरकारले फर्की आउनेहरूको निम्ति आवश्यक सबै प्रक्रिया र नियमहरू पुऱ्याएर काम गरिरहेको बताए। उनले स्वास्थ्यको क्षेत्रमा धेरै चुनौती रहेको बताउँदै ग्रामीण क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रहरूको पनि सुधार हुनुपर्ने बताए भने राज्यमा रेफरल अस्पताल हुँदाहुँदै पनि मानव संसाधनको ठूलो कमी रहेको बताए। उनले प्रारम्भिक चरणमा जिल्ला अस्पतालहरूलाई सशक्तिकरणगर्न मिशन मोडमा काम गरिरहेको अनि सिक्किमे रोगीहरू जसले अहिले पनि डाइलेसिसि सुविधाको निम्ति पर्खिरहेका छन् उनीहरूको निम्ति अनि अन्य जसले राज्य बाहिर गएर उपचार गराउन सक्दैनन उनीहरूको निम्ति पनि स्वास्थ्य सुविधा उपलब्ध गराउन स्वास्थ्य विभाग लागिपरेको बताए। उनले अहिले पश्चिम जिल्लाको गेजिङ जिल्ला अस्पतालमा सबै आवश्यक सामानहरू उपलब्ध गराइएको अनि आगामी 15 दिन भित्रमा डाइलसिस युनिट शुरु हुने बताए। यसैगरी अहिले राज्यभरी दुईसय भन्दा अधिक मिर्गौलाका बिरामीहरू डाइलेसिसको प्रतिक्षामा रहेको बताए। यसभन्दा अघि अधिकाङ्श रोगीहरू छिमेकी राज्य पश्चिम बङ्गालको अस्पतालहरूमा निर्भर रहेका थिए। यसैगरी सरकारले उत्तर र पश्चिम जिल्लाका स्वास्थ्य सेवालाई सशक्त बनाउने अनि मगन जिल्ला अस्पताललाई उत्कृष्ट जिल्ला अस्पतालकोरूपमा निर्माण गर्ने काम गरिरहेको बताए। उनले उत्तर र पश्चिम जिल्लाको अस्पतलाई प्रोत्साहनको रूपमा सबै प्रकारले सशक्त पार्ने दिशामा काम गरिरहेको अऩि यसको निम्ति स्वास्थ्य विभाग प्रतिबद्ध रहेको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!