Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

देशबासिका नाममा राष्ट्रिय शक्ति नेपालको नयाँ बर्ष शुभकामना सन्देश


राष्ट्रिय शक्ति नेपालले नयाँ बर्षकाे पूर्वसन्ध्यामा देशवासीका नाममा शुभकामना सन्देश जारी गरेको छ। राष्ट्रिय शक्ति नेपालले शुभकामना सन्देशमा भनेको छ:”२०७७ सालको नयाँ बर्ष नजिकै आउँदा यो राष्ट्रका हामी नेपालिले र बिश्वका नागरिकले कोरोना भाईरस नामको माहामारिलाई सामाना गर्नु परेकोछ। कुनै पनि राष्ट्रको मानव जिवनका लागि यो अकल्पनीय र पिडादायी समय हो। यस प्रती राष्ट्रिय शक्ति नेपालका तर्फबाट र त्यस शक्तिको संयोजकका नाताले ब्यक्तिगत तर्फबाट दुख ब्यक्त गर्दछौं।

केही दशक यता नेपालको आन्तरिक राजनितिमा देखिएका अस्वभाविक घटना र परिघटनाले राष्ट्र र नेपालिको जिवनमा यो राष्ट्रको राजनितिक ईतिहासमा निकै ठुला दुख उठाउनु परेको बिषय सबैलाई अबगत भएकै बिषय हो।

जस्तो सुखै दुख र कष्टका बखदमा पनि हामी नेपालिहरु कुनै जाती- धर्म- समप्रादय नभनी एकताको सुत्रमा बाँधिदै आएकाछौं र हरेक संकटलाई सामुहिक रूपमा झेल्दै आएकाछौ। यो संकटलाई पनि हामिले त्यसरी नै झेल्नु परेकोछ।
आजको समयमा हामी मात्र होईनौं विश्व मानव समुदाय एक प्रकारले अत्यन्तै दुखित भएका छन्। मानववियताका आधारमा आजको विश्व मानव जिवनको अबस्थालाई सम्झिदा हामी दुखित भएकाछौं।

Insert your Ads code here

यही दुखद समयमा नयाँ बर्ष २०७७ को आगमन हुँदैछ भने- ०७६ साललाई हामिले बिधाई गर्नुछ। हामी आशा गरौं-आउने २०७७ साल नेपाल राष्ट्र र नेपाली जनताको सुखद बर्षको रूपमा हामिले महशुष गर्न पाउनेछौं।

राष्ट्र र नेपाली जनताको जिवनमा यस नयाँ बर्षले सकारात्मक परिवर्तन र सुखका दिन ल्याउनेछ भन्ने हामिले बिश्वास लिएकाछौं।

यस्तो दुखका घडिमा सबै नेपाली जाती- धर्म र समुदायका नेपालिलाई धैर्यता र साहशका साथ आफू बाँच्न सक्ने र अरु नेपालिलाई समेत बचाउन सक्ने सबैलाई शक्ति प्राप्त होस्।

नयाँ सालको स्वागत गर्नका लागि र बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरसको त्रासदिपुर्ण अबस्थाको अन्त्यहोस भन्नका लागि आ- आफ्ना धर्म अनुसार प्राथना गर्न सबैमा विनम्र अनुरोध गर्दछौं।

साथै आम नेपाली सनातनी हिन्दु धर्मवाबलम्बिहरुले नयाँ बर्षको पहिलो दिन बेलुका आ- आफ्नो घरमा बत्ती बालेर स्वस्ती शान्तिको कामना गर्दै प्राथना गर्नका लागि हार्दिक अनुरोध सहित २०७७ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

केशर बहादुर बिष्ट
अध्यक्ष
………………….
राष्ट्रिय शक्ति नेपाल
मिति:- २०७६/ साल चैत्र २७ गते बिहिवार

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!