Loading... आजः शनिबार , श्रावण १२, २०८१

देशभर दसवटा पुल निर्माणका लागि विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता


देशभर दशवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ। सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ। पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन्।

दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको गोरखापत्र दैनिकले लेखेको छ। विभागका अनुसार नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट) मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो।

सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिनुभयो। पुलको अध्ययन तथा डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्ने तथा निर्माण आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा गरिने जानकारी प्रमुख भट्टराईले दिनुभयो। सिग्नेचर पुल’को निर्माण लागत अन्य साधारण पुलको भन्दा महँगो हुन्छ। डिउईले नेपाल बसेर सिग्नेचर पुलको डिजाइन गर्नुका साथै नेपाली इन्जिनियरलाई यस विषयमा सीप हस्तान्तरण गर्नेछन् । डिउईको डिजाइनमा यसअघि भारत, श्रीलङ्कालगायत विश्वका विभिन्न मुलुकमा ‘सिग्नेचर पुल’ निर्माण भइसकेका छन्। ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैङ्कसँग १२ अर्ब रुपियाँ बराबरको ऋण सहयोग सम्झौता भइसकेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!