Loading... आजः शनिबार , श्रावण १२, २०८१

देशमा धार्मिक स्थलहरू खोलिए पनि सिक्किममा खोल्ने आदेश आएको छैन


गान्तोक, 9 जून। भारत सरकारले देशभरिका धार्मिक स्थलहरू सामाजिक दूरत्व पालन गर्दै पुजा अर्चनाको निम्ति खोल्ने निर्णय गरेर अधिसूचित गरेको भए पनि सिक्किममा भने लकडाउन शुरु भएयतादेखिकै आदेशको पालन गरिएको छ। राजधानी गान्तोक वरपर रहेका प्रमुख धार्मिक स्थलहरू बिहान र बेलुकीको साधारण प्रार्थना, पुजा अर्चनामात्र गरिन्दैछ। गुम्पामा अनुयायीहरूको भिडभाड छैन्। दैनिकरूपमा हजारौं हातहरूले घुमाउने प्रार्थना चक्र मौन र शान्ति रहेको थियो। राजधानीको प्रमुख इन्छे गुम्पा समितिका सदस्य दिछेन लामाले इन्छे गुम्पा राजधानी वरिपरिका मानिसहरूको पुरानो अनि इष्टदेवको गुम्पा भएको कारण सरकारको आदेश मुताबिक कुनै भक्तजन भिडभाड गर्ने अनुमति नदिएको बताए। यद्यपी साँझ बिहानको पुजा अर्चना भने गरिरहेको बताए। यसैगरि राजधानीको पुरानो गिर्जा सन्त थोमसका फादर पाउल काबोले आजदेखि भारतभरि सबै धार्मिक स्थलहरू खोलिएको भएपनि सिक्किममा अहिलेसम्म सरकारको कुनै आदेश नआएको अनि महामारीबाट सबैलाई सुरक्षित राख्ने इस्टरको महिनामा पनि केवल पल्ली पुरोहितहरूले मात्र प्रार्थना गरेको तथा प्रार्थना सभामा धेरै भिड हुने भएको कारण परमेश्वरको वचन घरैमा पठन गर्ने आग्रह गरिएको अनि अनलाइन प्रवचनहरू गरिरहेको बताए। यसैगरि राजधानीको पुरानो जामा मस्जिद अनि ठाकुरबाडी मन्दिर पनि सुनसान रहेको अनि इमाम र पुरोहीतले साधरणरूपमा नमाज र पुजा अर्चना मात्र गरिरहेका छन्। अर्कोतिर राज्य सरकारबाट धार्मिक स्थलहरूमा जनसाधरणको निम्ति खुल्ला गर्ने विषयमा सरकारी स्तरबाटै निर्णय गर्ने आधिकारिक सूत्रले बताएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!