Loading... आजः शनिबार , श्रावण १२, २०८१

देशव्यापी एनआरसी लागू गर्ने सरकारको कुनै योजना छैनः भारतीय गृह मन्त्रालय


गान्तोक, 4 फरवरी। भारतमा नेशनल रेजिस्ट्रेशन अफ सिटिजनसीप (एनआरसी) , सिटिजनसिप एमेन्डमेन्ट एक्ट(सिएए) औ एनपीआर विरूद्ध देशभरि व्यापक विरोध भइरहेको बेला पहिलोपटक केन्द्रीय गृह मन्त्रालयले स्पष्टरूपमा अहिलेको अवस्थामा देशभरि एनआरसी लागू गर्ने सरकारको कुनै योजना नभएको बताइएको छ। आज भारतको केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द रायले लोकसभामा एक लिखित जवाफमा सरकारको यस्तो आशयको जानकारी दिएका हुन् ।

उनले भने ‘अहिले देशव्यापी रूपमा एनआरसी लागू गर्ने विषयबारे सरकारले कुनै पनि निर्णय गरेको छैन।’ स्मरण रहोस् सरकारी पक्षबाट कुनै वरिष्ठ अधिकृतले आधिकारिक रुपमा एनआरसी बारे स्पष्टीकरण दिएको यो पहिलो पटक हो।
यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहले राज्यसभामा एनआरसी देशभर लागू हुने बताएका थिए। उनले उतिखेर धार्मिक आधारमा कसैलाई भेदभाव नगरिने भन्दै आश्वासन समेत दिएका थिए। अमित शाहको यस्तो बयानपछि पूर्वोत्तर राज्यहरूमा व्यापक हिंसक विरोध प्रदर्शनहरू भइरहेको छ। सबैभन्दा धेरै असम, त्रिपुरा र पश्चिम बंगालमा एनआरसी र सीएए विरूद्ध प्रदर्शनका क्रममा हिंसात्मक घटनाहरू भएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!