सुकेपोखरी: २७ अप्रेल: नेपालका विभिन्न ठाउँहरुबाट दैनिक रूपमा भारी बोक्न साथै मजदूरी गर्न दार्जीलिङ पाहाडको अलग अलग स्थानहरूमा बसोबास गर्दै आएका श्रमजिवीहरू दार्जीलिङ पाहाड छोडेर आफ्नो घर नेपाल जाने कोशिश गरिरहेको छन्।
यसैगरि आफ्नो घर हिँडेरै पुग्ने आँटलिएर सुकेपोखरीबाट हिँडेकाहरूलाई नेपाल-भारतको सीमामा स्थित सिमानमा सोमबार भारतीय सुरक्षाबलले रोकेको छ। कोविड 19 बाट सुरक्षित रहनको निम्ति दुवै देशले अहिले लकडाउन पालन गर्दै सीमा नाका बन्द गरेको अवस्था छ। यस्तो अवस्थामा दार्जीलिङको विभिन्न स्थानहरुमा विशेष भारी बोक्ने काम गर्दै आएको अप्रवासी मजदूरहरूले आफ्नो देश फर्किने प्रयास गरिरहेको छ। आज बिहान सिमानामा भारतीय सुरक्षाबल सशस्त्र सीमा बल (एसएसबी) ले एक हूल श्रमजिवीहरूलाई रोकेका छन्।
भारत सरकारले सबै राज्यमा अप्रवासी मजदूरहरूलाई लकडाउनको समय जहाँ छन् त्यहीँ बस्नुपर्ने निर्देश दिएको छ भने एक राज्यबाट अर्को राज्य आउजाउ नगर्ने र अन्तरराष्ट्रीय सीमाना पार नगर्ने आदेश दिएको छ। । यसरी नै आज सोमबार विशेष गरेर सुकेपोखरी बजारको विभिन्न दोकानहरूमा काम गर्दै यही बसोबास गर्दै आएका श्रमिकहरूले बिहान 3 बजी नै आफ्नो घर नेपाल ताकेर सुकेपोखरीबाट पैदल बाटो तताएका थिए। नेपाल जाने क्रममा बिहानै सुकेपोखरीबाट हिँडेर भारत नेपाल सिमा क्षेत्र सिमाना आइपुग्दा सीमा चौकीमा एसएसबीले रोकेर उनीहरूलाई अघि जाने अनुमति दिएनन् ।
आज सिमानाबाट अघि जाने अनुमति नदिएपछि सुकेपोखरी थानाको पहलमा उनीहरूलाई पुन सुकेपोखरी नै फर्काइएको छ। सुकेपोखरी ल्याएर अहिले उनीहरुलाई बस्ने अनि खाने बन्दोबस्त गरिदिएका छन् साथै अन्य व्यवस्था मिलाइदिने कार्य पनि भएको सुकेपोखरी थानाले जानकारी गराएका छन्। घर फर्किनेहरूमा 20 जना छन् भने उनीहरू नेपालको दोलखा जिल्लाको कालिचोक गाउँपालिका निवासी रहेको बताइएको छ। 20 जना श्रमजिवीहरूमा एकजना महिला अनि 19 जना पुरुष रहेको पुलिस सूत्रले जनाएको छ।
(लाक्पा छिरिङ शेर्पा)