Loading... आजः मंगलबार , आश्विन १, २०८१

दोस्रो पटक पनि यूनिक नेपाल सम्मानित



मंसिर ८ बर्दिया गुलरिया
आईतबार बर्दिया जिल्लाको गुलरियामा नवौं राष्ट्रिय कर सप्ताह दिबश–२०७७ को अवसर पारेर युनिक नेपाल सम्मानित भएको छ ।
नवौं राष्ट्रिय कर सप्ताह दिबश–२०७७ अवसरमा गरिएको एक कार्यक्रममा आर्थिक वर्ष ०७५/०७६ मा आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय बर्दियाको कार्यक्षेत्र अन्तरगत बर्दिया जिल्लाबाट सबैभन्दा वढी आयकर दाताको रुपमा युनिक नेपाललाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरिएको हो
बर्दिया जिल्ला कर अधिकृत हुर्मत बहादुर मिजारको सभापतित्व भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर थारुले युनिक नेपालका तर्फबाट अध्यक्ष प्रिम बहादुर थारु ज्युलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
गत बर्षपनि यूनिक नेपाल जिल्लाबाट सबैभन्दा वढी आयकर दाताको रुपमा सम्मानित भएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!