Loading... आजः शनिबार , श्रावण १२, २०८१

द्विशतकीय प्रकरण राष्ट्रिय स्तरमा दुइ दिनव्यापी हुने


साहित्यिक गोष्ठीको इतिहास रच्दै बसिबियाँलो

कालेबुङ: २३ जनवरी।सिक्किमको राजधानी गान्तोकमा गत शताब्दीको नब्बेको दशकको सुरूमा थालनी भएर हालमा कालेबुङमा नियमित रूपमा सम्पन्न भइरहेको मासिक भेटघाटको उन्मुक्त विचारको मञ्च बसिबियाँलो -को २०० -औँ प्रकरण दक्षिण सिक्किमको रमणीय स्थल नाम्चीमा आगामी अप्रेल महिनामा आयोजित हुने तय भएको छ।
सन् १९९१ -मा प्रथम प्रकरण आयोजित भएको प्रख्यात वास्तुकार तथा वरिष्ठ कलाकार किरण रसाइलीको चर्च रोड, गान्तोकस्थित त्यही निज निवासमा हिजो सम्पन्न एक भेटघाट कार्यक्रममा उक्त निर्णय लिइएको हो। सो दिन बसिबियाँलो -को २०० -औँ प्रकरणलाई सार्थकतापूर्वक सम्पन्न गराउनका लागि कालेबुङ अनि सिक्किमबाट क्रमैले शमसेर अली अनि किरण रसाइलीलाई समंवयकका रूपमा मनोनीत गरिएको छ। हिजो सम्पन्न सभामा मुम्बई बसिबियाँलो-बाट हीरा छेत्रीलगायत कालेबुङबाट भूतपूर्व शिक्षिका
लीला जोशी, जुबिली स्कुलकी शिक्षिका चन्द्रकला सिलाल, कालेबुङ प्रेस क्लबका अध्यक्ष अरुण कुमार रसाइली, कालेबुङ टेलिभिजनका प्रबन्ध निर्देशक नरेन्द्र तामाङ, कथाकार सुदेश खाती, शिक्षक गगन छेत्री अनि सिक्किमबाट प्रेस क्लबका अध्यक्ष जोसेफ लेप्चा तथा वरिष्ठ पत्रकारहरू भीम राउत, प्रवीण खालिङ, अम्बर गुरुङ, अर्पण प्रधान आदिको उपस्थिति रहेको थियो।
राष्ट्रिय स्तरमा बहुभाषी कार्यक्रमको रूपमा आयोजित गरिइने बसिबियाँलो -को २०० -औँ प्रकरणबारे रुपरेखा तयार गर्न आगामी फरवरी महिनामा दोस्रो सभा सम्पन्न गरिने निर्णयका साथ बसिबियाँलो -का नयाँ अनि पुराना सहयात्रीहरूमाझ बसेको बैठक समापन भयो

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!