Loading... आजः शनिबार , श्रावण १२, २०८१

धन्यवाद वडाध्यक्ष तिलकवीर सुनार !


लक डाउन भएको झण्डै एक महिनासम्म पनि काेराेना भाइरस संक्रमितकाे संख्या बढिरहेको छ र यसको मुख्य कारण दक्षिणतर्फकाे सीमानाका ब्यवस्थित हुन नसकेको ठानिएको छ। भारतीय भूमिबाट नेपालतर्फ अहिले पनि लुकीछिपी प्रवेश गर्ने क्रम निरन्तर छ। यसैबीच भारतीय सीमासँग जाेडिएकाे खजुरा गाउँ पालिकाका वडा नम्बर ४ ले भारतीय तरकारी प्रयोग नगर्न र नभित्र्याउन सूचना जारी गरेको छ।

बाँकेको अधिकाँश गाउँहरुमा भारतीय ट्रकहरुले निर्वाधरुपमा तरकारी बेचविखन गरिरहेकाे सन्दर्भमा नेकपा बाँकेका अध्यक्ष तथा सांसद अाईपी खरेलले जिल्लाका सुरक्षा अधिकारीसँग त्यस्ता कार्य नियन्त्रण गर्न गराउनका लागि अनुरोध गरिरहेकाे फाेनवार्ता सार्वजनिक भएपछि खजुरा गाउँ पालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलक सुनारले सूचना नै जारी गरेर भारतीय तरकारी अायात नगर्न र गाउँ पालिका क्षेत्रका किसानले उत्पादन गरेको तरकारी उपयोग गर्न अनुरोध गरेका छन्। वडाध्यक्ष तिलक सुनारले झै सबै जनप्रतिनिधिले चनाखो भएर हरेक क्षेत्रमा देश र जनताको स्वार्थ अनि चासोलाई प्रमुख बनाउँदै जाने हो भने काेराेना महामारी विरुद्ध छिटोभन्दा छिटो सफलता प्राप्त गर्न सकिनेछ। अहिलेकाे प्रमुख चुनाैती भनेको भारतीय खुला सीमाना नै प्रमुख रहेको छ।

वडाध्यक्ष सुनारले गरेकाे कामलाई स्थानीय युवा नेता रतिश निराैलाले समर्थन गर्दै लेखेका छन्: “वडा नं.४ ले आफ्नो वडाभित्र भारतिय तरकारी आयात मा लगाएको प्रतिबन्ध स्वागत योग्य छ, सिङ्गो गाउँ सरकार को यसमा ध्यानाकर्षण होस् आफ्नो पालिका भरी प्रसस्त तरकारी हुँदा हुँदै बजारमा भारतीय तरकारी लाई रोकौ।
नानपारा र बहराइचबाट आएको तरकारी ले ग्रिनसिटीको प्रोजेक्ट लाई टेवा दिदैन।”

वडाध्यक्ष तिलक सुनारले काेराेना महामारीको बीचमा वडाका दुखी गरीब असहायकाे घरघरमा पुगेर अार्थिक तथा अन्य राहत सामाग्री वितरण गरिरहेका छन्। उनले गरेको मानवीय कार्यकाे अधिकाँशले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!