Loading... आजः शनिबार , श्रावण १२, २०८१

धरतीमाताको निम्ति एक दिन सम्पन्न


अब सिक्किमको सबै नागरिकलाई एण्टीजेन टेस्ट मार्फत कोविड-19को जाँच गर्नेछौं- मुख्यमन्त्री तामाङ

गान्तोक, 7 जुलाई। सिक्किमका सबै जनताको अब चाँडै कोविड-19 जाँच गरिने मुख्यमन्त्री प्रेमसिंह तामाङले घोषणा गरेका छन्। उनले ट्रूनेट र आरटीपीसीआरबाट हुने जाँच चलिरहेको र यसबाट परिणाम आउन ढिलो हुने भएको कारण अब एण्टी जेन टेस्टको सुविधा शुरु गर्ने घोषणा गरेका छन्। राजधानी गान्तोक नजिक चर्चित फाम्बुङ्लो वन्य प्राणी उद्यानमा आयोजित एसकेएम सरकारको पर्यावरण सम्बन्धित वार्षिक कार्यक्रम धरती माताको निम्ति एक दिनमा मुख्य अतिथिकोरूमा उपस्थित मुख्यमन्त्री तामाङले कार्यक्रमबारे औपचारिक मन्तव्यपछि सिक्किमको वर्तमान सरकारले कोविड-19 र अन्य विभिन्न क्षेत्रमा गरिरहेको कामहरूको लेखाजोखा पनि जनतासमक्ष प्रस्तुत गरे।

उनले भने, अब मल्ली चेकपोस्ट, रम्फू चेकपोस्ट अनि सबै सामुदायिक स्वास्थ्यकेन्द्र, प्राथमिक स्वास्थ्यकेन्द्र, प्राथमिक उपस्वास्थ्य केन्द्रमा एण्टिजेन टेस्ट प्रणालीमार्फत सबै नागरिकको जाँच गराउने अनि 15 मिनट भित्रै त्यसको रिपोर्ट आउने भएको बताए। अर्कोतिर रम्फू र मल्ली चेकपोस्टबाट छिर्नेहरूलाई त्यही ठाउँमा जाच गराउने अनि स्थानीयहरको सकारात्मक आएमा सोझै आईसोलेसनमा पठाइने तथा गैर स्थानीयलाई सकारात्मक पाइएमा जुन राज्यबाट आएका छन् त्यतै फर्किएर जने अनुरोध गर्ने निर्णय लिएको बताए।

Insert your Ads code here

यसरी नै यस विषयमा भारतीय सेनालाई भने छुट दिइने अवगत गराए। उनले एसकेएम सरकारले एक वर्षमा गरेका कार्यलाई 25 वर्ष काम गरेको सरकारसित दाँज्न नमिल्ने बताउँदै धेरै काम एकै वर्षमा गरेको अनि पाँच वर्षमा कृषि, वन, शिक्षा, स्वास्थ्य, आईटी सबै क्षेत्रमा 25 वर्षे पुरानो सरकारले भन्दा धेरै काम गर्ने बताए। उनले आईटीको क्षेत्रमा सरकारले धेरै काम गरेको कारण नै कोविड-19 को महामारी बीच सबै सम्पर्क सम्भव भएको अनि त्यसको निम्ति अझ प्राथमिकताको आधारमा काम गर्ने र 20 हजार युवालाई आईटी क्षेत्रमा रोजगार उपलब्ध गराउने तथा आईटी पार्क बनाउने जस्ता योजनाहरूलिएर काम गरिरहेको बताए।

यसैगरी उनले पूर्व सरकारको खैरो खन्दै स्वास्थ्यको क्षेत्रमा केही नगरेको भन्दै एसटीएनएम अस्पताल 13 सय करोडको लागतमा बिनिएको तर कुनै सुविधा नभएको कारण भाईरल ल्याब पनि बनाउन नसकेको बताए। उनले कटाक्ष प्रहार गर्दै भने, एक करोड रुपियाँमा एउटा कोठा बनाएको भएपनि 13 सय वटा कोठा बनिने थियो जुन पाँचतारे होटलको भन्दा राम्रो हुने थियो त्यसबारे प्रमाण जुटाइ सकेका छौं कहाँ के भएको छ हामी हेर्ने छौं, उनले भने।

यसरी नै कोविड-19 सित जुझ्नको निम्ति धेरै पैसा आएको भन्ने विपक्षीदलले दावी गरिरहेको तर अहिलेसम्म केन्द्र सरकारबाट कोविड-19 सित लड्नको निम्ति केवल 9 करोड, 64 लाख रुपियाँ मात्र धनराशी आएको बताउँदै यो कुरा जनतालाई बताउन आवश्यक रहेको र जनताको अधिकार भएको बताउँदै त्यसमध्ये पनि दुई करोड रुपियाँ प्रधानमन्त्री गरीब कल्याम योजनाको निम्ति सोझै खर्च गर्नुपर्ने अनि रहल सात करोड 64 लाख मात्र कोविड-19को विरुद्धमा लड्न केन्द्र सराकबाट धनराशी आएको अनि राष्ट्रको पनि स्थितिलाई बुझेर माग नगरेको बताए। तर राज्य सरकारले 16 करोड रुपियाँको राशिनमात्र बाँजडेको बताउँदै विपक्षी दलहरूले लगाएको आरोपको खण्डन गरेका छन्।

यसैगरी उनले कोविड-19को महामारी अलिक शान्त भएपछि प्रत्येक निर्वाचन क्षेत्रमा 17 लाख 85 हजार रुपियाँको लागतमा गरीब आवास योजना शुरु गर्ने अनि एउटा निर्वाचन क्षेत्रमा 100 परिवारलाई घर बनाइदिने, यसैगरी खाटी बीपीएलहरू चामल पाउनबाट छुटिएको हुनाले अब प्रत्येक निर्वाचन क्षेत्रबाट एकएक परिवारलाई बीपीएल सूचीमा शामेल गराउने बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारतको सारलाई सिक्किमले पनि आत्मसात गर्नुपर्ने आह्वान गर्दै अबउसो सिक्किमलाई पनि आत्म निर्भर बनाउने दिशामा लाग्नुपर्ने आह्वान गर्दै अब सिक्किमले पनि आफूलाई चाहिने सागसब्जी, माछामासू सिक्किममै उत्पादन गर्नुपर्ने जनतालाई आह्वान गरे।
उनले पर्यावरण संरक्षण एक दिनमात्र होइन 365 दिन नै गर्नुपर्ने आह्वान गर्दै केवल विरुवा रोपेरमात्र होइन तर पर्यावरणलाई घात पुऱ्याउने सामानहरूको प्रयोग नगरेर तथा दैनिकरूपमा पर्यावरणमुखि कार्यलाई प्राथमिकता दिएर काम गर्नुपर्ने अनि प्रकृति बाँचेमात्र मानिसको अस्तित्व पनि बाँच्ने र पर्यावरणको संरक्षणमा प्रत्येक नागरिकले जिम्मेवारी लिएर वन विभागलाई यसको निम्ति गाइडको रुपमा लिनुपर्ने आह्वान गरे।
उनले जनताले सिक्किम बाहिरबाट आयात गर्नु नपर्ने हुनकोलागी आत्मनिर्भर बन्नुपर्ने सङ्कल्प लिनुपर्ने बताए। आजको कार्यक्रममा वन विभागका मन्त्री कर्मा लोडे भोटियाले स्वागत सम्बोधन राख्दै आजदेखि सिक्किम सराकरले वन विभागको नर्सरीमा फललाग्ने रूखको विरुवाहरू उत्पादन गर्ने निर्णय गरेको अनि जङ्ली जानवर र मानिसबीचको भीडान्तलाई नियन्त्रण गर्नको निम्ति जङ्गली प्राणीले खाद्यकोरूपमा प्रयोग गर्ने पम्सी, भद्राँसे, अम्बकेसाथै अन्य फललाग्ने विरुवाहरूको रोपण गरेर वन्यप्राणीको संरक्षण गर्नुपर्ने निर्णय गरेको बताए।

कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीबाट दाउराको विकल्प जैविक प्रकारले सञ्चालन गरिने चुल्हा लाभार्थीहरूलाई वितरण गरियो। यसैगरी फाम्बुङ्लो वन्यप्राणी उद्यानको विकासमा योगदान दिने वन विभाका अवकाशप्राप्त अधिकारीलाई अभिनन्दन जनाइयो। अर्कोतिर वन विभागले तालाबन्दीको समय घोषणा गरेको चित्रबनाउ प्रतियोगिताको विजेताहरूलाई नगद राशी प्रमाणपत्रले पुरस्कृत गरियो। कार्यक्रममा विभिन्न विभागीय मन्त्रीगण, भाजपाका केही विधायकगण, सत्तारूढ दलका वरिष्ठ कार्यकर्ता साथै आम मानिसको उपस्थिति रहेको थियो। उल्लेखनीय छ धरती माताको निम्ति एक दिन कार्यक्रम एसकेएम सरकारले गतवर्षदेखि शुरुवात गरेको पर्यावरण संरक्षणको प्रमुख कार्यक्रम हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!