Loading... आजः शनिबार , श्रावण १२, २०८१

नगरकोटमा नेपाली सेनालाई तालिम दिदै अमेरिकी सेना


भक्तपुरको नगरकोटस्थित नेपाल सेनाको व्यारेकमा विगत ३५ दिनदेखि संरा अमेरिकी सेनाबाट तालिम दिएको खुलेको छ। त्यहाँ आठ जना अमेरिकी सेनाले नेपाली सेनालाई तालिम दिएको खुलेको हो। तर, अमेरिकी सेनाले तालिम दिने विषयमा रक्षा मन्त्रालय र सेनाले औपचारिक रूपमा कुनै पनि जानकारी सार्वजनिक गरेका छैनन्। अमेरिकी सेनाले नेपालीलाई के–कस्तो तालिम दिएको हो खुलेको छैन।

आठै जना अमेरिकी सेना शनिबार स्वदेश फिर्ता हुन लागेको बताइएको छ।

नेपालमा अमेरिकी ‘सहश्राब्दी चुनौती परियोजना’ (एमसीसी) मार्फत देशको सार्वभौमिकतामाथि हस्तक्षेप हुने र अमेरिकी सेना नेपालमा हावी हुनसक्ने भनी व्यापक विरोध भइरहेको अवस्थामा नेपाल सरकारले देशमा अमेरिकी सेनाको उपस्थितिबारे गुपचुप राखेको छ।

Insert your Ads code here

अमेरिकी सेना बिहीबार आफ्ना सरसामानसहित नगरकोटबाट छाउनीस्थित नेपाल सेनाको अड्डामा फर्केका थिए। विदेशी सेनाको उपस्थितिबारे रक्षा मन्त्रालय र सेनाले सार्वजनिक गर्नुपर्ने हो। तर, ती दुवै निकायले आफ्नो आधिकारिक वेभसाइट र सञ्चारमाध्यममा त्यसबारे केही जानकारी दिएका छैनन् अनलाइन मजदुरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!