नगरप्रमुख शिब प्रसाद चौधरी ढुवान क्षेत्रमा बाढीका कारण राजापुर र गेरुवामा ८सय भन्दा बढी घर ढुवानमा
बर्दिया राजापुर
कातिक २
केही दिनदेखी परेको अबिरल बर्षाका कारण राजापुर नगरपालिका र गेरुवा गाँउपालिकाको कर्णाली नदी नजिकका क्षेत्र ढुवानमा परेको छ ।
राजापुर नगरपालिकाको वडान ं १ अन्तगत चनौरा, टिहुनी, दौतलपुर, सौनपुर राजापुर नगरपालिकाकै वडा नं ३को नगापुर तिघ्रा र गेरुवा गाउपालिकाको सन्कट्टी बनकट्टी राजीपुर लगायतका गाउहरु गरी लगभग ८ सय भन्दा बढी घर ढुवानमा परेको अनुमान गरिएको छ ।
राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरी अहिले समाचार तयार पारुन्जेलसम्म सौनपुर क्षेत्रमा खट्टी उद्दार कार्यमा लागी रहनु भएको छ । नगर प्रमुख शिब प्रसाद चौधरीले टेलिफोनबाट कुरा गदै यस विपदको झेनमा सबै भन्दा पहिले माननिय क्षेतिहुन नदिन आफु लागि परेको बताउँदै लगभग ८ सयको हाहारीमा घरहरु ढुवानमा परेको बताउनु भयो ।
त्यस्तै कर्णाली नदीको टिहुनी र तिघ्रा क्षेत्रमा नदी कटान तिब्ररुपले भइरहेको छ । ढुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको मानविय क्षेत्र हुन नदिन लुम्बिनी प्रदेश सासद दिपेश थारु, राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरी लगायत नेपली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरी उद्दारमा खट्टीएका छन ।
मुर्गह्वा र टिहुनी गाउँ दौलतपुर सन्कट्टी बनकट्टी राजीपुरलगायतका पुरै जलमग्न भई अधिकांश घरमा पानी पसेको, खेतमा काटेर, मुठापारेर राखेको करिब ९ सय विगाहाको धान बगाएको छ ।
त्यस्तै राजापुर नगरपालिका शंकरपुरमा पनि बुढीकुला र मुर्कटाको पानीको बहाव रोकिदाँ डुवान सुरु भएको स्थानीय समाजसेवीओम प्रकाश यादवले वताउनु भयो । काटेर खेतमा सुकाउन राखिएका, मुठा बाधेका अधिकांश किसानको धान खेतमै भिजेको छ भने केहीको धान बगेर बेपत्ता भएको छ । शंकरपुरको घोलघोले टोल, वीरबहादुर परियारको वोर्डर नजिक र सत्तारफारमको बाजुरा टोलमा डुवान भएको र बाजुरा टोलका स्थानीयलाई सुरक्षित स्थानन तर्फ सार्न लागेको स्थानीय यादवको भनाई छ । आफुहरु अन्नपात भन्दा पनि कसरी ज्यान जोगाउने भन्ने चिन्तामा रहेको भन्दै तत्कालै स्थानीय सरकार तथा प्रशासनले सुरक्षाको प्रबन्ध मिलाउनु पर्ने यादवले वताउनु भयो ।
कर्णाली नदि फुटेर गेरुवा गाउँपालिकाको सरर्खाेल भठेरा, राजिपुर र सन्कटीबाट बस्तीमा पानी पसेको छ । अहिलेसम्म गेरुवा गाउँपालिकाको वडा नं. वडा नं. २ मा करिब १०० र वडा नं. ३ मा ११० घर परिवार विस्थापित भएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा विस्थापित स्थानीय बासिन्दालाई अस्थायी वासस्थानमा राखिएको छ ।
राजापुर नगरपालिका र बर्दिया अक्सिजन बैकले बाढीबाट विस्थापित स्थानीयलाई तत्कालका लागि चिउरा, चाउचाउ, विस्कुट, पानी र त्रिपाल राहत स्वरुप वितरण गरेको छ । विस्थापित र जोखिममा रहेका स्थानीयवासीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, रेडक्रस, अक्सिजन बैकको सहयोगमा राजापुरका सुरक्षित स्थानमा राखिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले वताउनु भयो ।
चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले आज बिहानैबाट कर्णाली नदीको चिसापानीमा पानीको बहाव बढेको र अहिले साँझ ६ वज्दा सबैभन्दा उच्च १३ मिटर पुगेको बताउनुभयो । कर्णाली नदीमा पानीको बहाव १० मिटर नाघेपछि खतरा मानिन्छ । पहाडी क्षेत्रमा वर्ष भइरहेकाले चिसापानीमा पानी अझै बढीरहेको भन्दै नदी तटीय क्षेत्रमा बाढी आउन सुरु गरेको उहाँको भनाई छ । बेमौसमी बर्षाका कारण हिउँद याम सुरु हुनै लाग्दा कात्तिक महिनामा कर्णाली नदीमा यसबर्षकै उच्च पानीको सतह बढेको हो ।