Loading... आजः आइतबार , बैशाख १४, २०८२

नगर प्रमुखद्धारा शुभकामना सन्देश


 

राजापुरनगरपालिकाका प्रमुख शिब प्रसाद चौधरीले २०७७ सालको बडा दशै बिजय दशमीको पावन शुभ अवसरमा सम्पूर्ण देश विदेशमा रहनु भएका नगरवासीहरुमा सुख, शान्ति,समृद्धि सु–स्वास्थ्य दिर्घायू एव उत्तरोत्तर प्रगतिको हार्दिक शुभ–कामना व्यक्त गर्नु भएको छ ।
वहाँले एक सन्देश मार्फत विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले मानविय जोखीम बढी रहेको र चाडपर्वको समयमा संक्रमित बढ्ने सम्भावना देखिएकोले सतर्कता अपनाउदै चाडपर्व मनाउन सबै नगरवासीहरुमा अनुरोध गर्दै, आफु पनि बच्न अरुलाई पनि बचाउन,भौतिक तथा समाजिक दुरी कायम राखी, अनिवार्यरुपमा माक्स सेनिटाईजरको प्रयोग गर्दे स्वास्थ्य माफ दण्ड अनुसार सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ ।

Insert your Ads code here


यस्तै राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीले पनि सम्पुर्ण नगरवासीहरुको दिर्घायू तथा सु स्वास्थ्यको कामना गदै कोरोना भाइरसको संक्रमणबाट बच्न सबै समुदाय सचेत हुनु पर्ने बताउनु भयो ।


राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारीले पनि आफ्नो शुभ कामना सन्देश मार्फत सम्पुर्ण नगरवासी, देश बिदेशमा रहनु भएको आम नेपाली दाजुभाई दिदी बहिनीहरु तथा आफ्न्तजनप्रति बडा दशैको शुभ कामना व्यक्त गर्नु हुदै बिजय दशमीको यस परिस्थितीमा मातादुर्गा भवानीले हाम्रो रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरुन भन्ने कामना व्यक्त गनु भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!