Loading... आजः शनिबार , श्रावण १२, २०८१

नयाँ कामदार नथप्‍ने गरी आंशिक रुपमा अरुण तेस्रोको काम सुरु


संखुवासभाको चिचिला र मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम आंशिक रुपमा लकडाउनकैबीच सुरु गरिएको छ।

लकडाउनका कारण रोकिएका ठूला आयोजनालाई सरकारले काम गर्न अनुमति दिएकाले नयाँ कामदार नथप्ने प्रतिबद्धता पछि काम सुरु भएको हो। अरुण तेस्रो आयोजनामा सुरक्षा सतर्कता, नयाँ कामदार नथप्ने र स्टक रहेको निर्माण सामाग्री रहुञ्जेल आयोजनाको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले दुईसातादेखि काम प्रभावित भएको थियो। आयोजनाको काममा कुनै पनि कामदार नथप्ने र निर्माणस्थलमा भएका कामदारको स्वास्थ्य परीक्षण गरेर परिचालन गरेर काम अघि बढाउने उहाँले बताउनुभयो। आयोजनामा कार्यरत अधिकांश मजदुर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएकाले काम थालिएको अरुण तेस्रोका सीईओ अरुन धिमानले बताउनुभयो।

Insert your Ads code here

भारतीय निर्माण कम्पनी सतलजले ९ सय सय मेगावटको जलविद्यत् आयोजनाको निर्माणको काम गरिरहेको छ। सरकारले ठूला आयोजनाको काम गर्ने दिने बाटो खोलेपछि क्याम्पमा रहेका कामदारबाट काम सुरु गरिएको सतजल कम्पनीले जनाएको छ।

अरुण तेस्रो आयोजना स्थलमा रहेको करिब १ हजार ५ सय कामदारले काम गर्न सुरु गरेका हुन्। यसअघि आयोजनामा ३ हजारभन्दा बढी कामदार थिए। आयोजनामा अधिकांश कामदार भारतीय छन्।

कारोनाभाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै ठप्प भएपछि श्रमिक र निर्माण सामग्री अभावका कारण अरुण तेस्रोको काम रोकिएको थियो। आयोजनासंग उपलब्ध निर्माण सामग्री अनुसारका काम सुरु गरिएको हो।

आयोजना निर्माणमा परिचालन हुने कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिँदै काम थालिएको कम्पनीको कार्यालय तुम्लिङटारले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!