Loading... आजः शनिबार , श्रावण १२, २०८१

नयाँ चिनिया भिसा आवेदन सेवा केन्द्र अब राइजिङ मलमा


भिसा दिने प्रक्रिया लगायत कामको लागि चिनियाँ दूतावासले दरबार मार्गमा रहेको राइजिङ मलमा नयाँ भिसा आवेदन सेवा केन्द्र खोलेको छ । सबै कागजात संकलन गरेर चिनियाँ दूतावासमा बुझाउने गरी आजबाट औपचारिक रुपमा भिषा आवेदन केन्द्रको औपचारीक उद्घाटन गरिएको छ । चिनियाँ दूतावासले भिसा प्रदान गर्ने र थप कागजातहरू सोध्ने लगायत सम्पुर्ण अधिकार आफ्नोमा निहित हुने गरी काम अगाडि बढाएको हो।

यस किसिमको आबेदन केन्द्र नेपाल लगायत बिश्वका ९२ बटा देशहरुमा रहेको छ यो सेवा केन्द्रले भिसा आबेदकको सहजताका लागी चाइना दुतावासलार्ई बुझाउनुपर्ने आबस्यक कागजातको सम्पुर्ण काममा सहयोग गर्नेछ । यस सेवा केन्द्रबाट चाइना दुतावासलाई बुझाउनुपर्ने भिसाा शुल्क लगायत दुतावास मातहतबाट आवश्यक समपुर्ण काम गर्नेछ ।

भिजा आबेदकहरुले सोमबार देखि शुक्रबार सम्म बिहान ९ बजेदेखि बेलुका ३ बजे सम्म आबेदन पेश गर्न सक्नेछन् भने भिसा लिनको लागी बिहान ९ बजेदेखि ४ बजेसम्म सम्पर्क गर्न सकिनेछ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!