Loading... आजः शनिबार , श्रावण १२, २०८१

नयाँ नक्सा सम्बन्धमा अभियानको धारणा सार्वजनिक


राष्ट्रिय पुनर्जागरण अभियान नेपालले सरकारद्वारा जारी गरिएकाे नयाँ नक्सा बारे प्रेस विज्ञप्तिमार्फ अाफ्नाे धारणा सार्वजनिक गरेको छ।

अभियानका अध्यक्ष अनारसिंह कार्कीद्वारा जारी प्रेस बिज्ञप्तिमा लेखिएको छ, लामाे समयदेखि अतिक्रमित नेपाली भूभाग समेटिएकाे नक्सा धेरै पहिले बनाईनु पर्ने थियो। सरकारले गरेकाे याे काम सकारात्मक छ। तर सरकारले यसलाई सत्ता प्राप्त गर्ने भर्याङकाे रुपमा प्रयाेग गर्न सक्नेतर्फ नेपाली जनता सतर्क र सक्रिय रहन राष्ट्रिय पुनर्जागरण अभियान नेपाल आग्रह गर्दछ।

बिज्ञप्तिकाे पूर्णअंश यसप्रकार रहेकोछ – `लामो समय देखि भारतीय कब्जामा रहेका नेपाली भुभाग मध्ये कालापानी, लिपुलेक र लिम्पियाधुरालाई हालै नेपाल सरकारले आफ्नो नक्सामा समावेश गरेर प्रकाशित गरेको कुराले व्यापक चर्चा पाउनु स्वभाविक हो। देशको सर्वभाैमसत्ता र भौगोलिक अखण्डतालाई समेत सत्ता प्राप्तिको मोलतोलको विषय बनाउदै आएको नेपालको राजनीतिक र सत्ताको नेतृत्व वर्गले देशको हितमा कर्तब्य पालन गरेको सानो कुराले पनि विशेष महत्त्व पाउने गरेको छ। अन्यथा धेरै पहिले आफ्नो देशको भौगोलिक सिमाको आधिकारिक नक्सा सार्वजनिक गर्नु पर्नेमा भारतले नेपाली भुमि माथिको अवैध कब्जालाई पुष्टी गर्न एकतर्फी नक्सा प्रकाशित गरेर सडक समेत बनाई उदघाटन गरिसकेपछि ब्यापक जनविरोध र भ्रस्टाचारका कारण धमिलिएको आफ्नो छवि सुधार्न मात्रै होइन आम जनता र आफ्नै पार्टी भित्रको विरोधबाट वच्न पनि सरकारकालागि यो नक्सा प्रकाशित गर्नु बाध्यता बनेको थियो।

Insert your Ads code here

महाकाली सम्झौता गरेर रास्ट्रघात गरिसकेको अहिलेको सरकारकाे नेतृत्ववर्ग जसले कथित संविधानसभाको नब्बे प्रतिशतले बनाएको भनिएको संविधानमा देशको सिमा किटान भएको नक्सा राख्न नसक्नुले यिनको यथार्थ चेहरालाई स्पष्ट पार्छ। तथापि आफ्नै वाध्यता र स्वार्थकालागि नै प्रकाशित गरिएको भए पनि नक्सा प्रकाशित गर्नुलाई सकारात्मक रुपमा लिंदै भोलिका दिनमा सत्ता प्राप्त गर्ने र टिक्ने माध्यमका रूपमा प्रयोग नपाउन् भन्नका लागि पनि नेपाली जनता सतर्क र सक्रिय रहन राष्ट्रिय पुनर्जागरण अभियान नेपाल आग्रह गर्दछ।´

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!