नयॉं व्यक्तिगत आयकर प्रणालीबाट उल्लेखनीय राहत
विशेष गरी मध्यम वर्गीय करदाताहरूका लागि नयॉं कर प्रणाली करदाताहरूका लागि विकल्पको रूपमा रहने, नयॉं दरको कारण वार्षिक ४० हजार करोड रुपियॉंको परित्यक्त राजस्व
नयॉं दिल्ली, १ फरवरी, २०१९। भारतको केन्द्रिय बजेट २०२०-२१ सदनमा केन्द्रिय वित्त तथा करपोरेट मामिला मन्त्री श्रीमती निर्मला सीतारमणले प्रस्तुत गरिन। जसमा व्यक्तिगत करदाताहरूलाई पर्याप्त राहत प्रदान गर्न र आयकर कानूनहरू सरल बनाउन वित्तमन्त्रीले नयॉं अनि सरलीकृत व्यक्तिगत आयकर व्यवस्था बनाउने प्रस्ताव पेश गरिन्, जहॉं व्यक्तिगत करदाताहरूका लागि आयकर दर पर्याप्त रूपमा घटाइनेछ, जसले कतिपय कटौती अनि छूटहरू त्याग्नेछन्|
संसदमा केन्द्रिय बजेट २०२०-२१ पेश गर्दै केन्द्रिय वित्त तथा करपोरेट मामिला मन्त्री श्रीमती निर्मला सीतारमणले नयॉं कर प्रणाली करदाताहरूको निम्ति विकल्पको रूपमा रहने बताइन्| आयकर ऐन अन्तर्गत हाल बढी कटौती अनि छूटको सुविधा प्राप्त गरिरहेका व्यक्तिगत करादाताहरूले यो नयॉं कर प्रणालीको सुविधाभोग गर्दै पुराना कर प्रणालीको हिसाबले कर भुक्तान गर्नसक्ने उनले बताइन्|
कर ढॉंचामा प्रस्तावित परिवर्तन निम्नलिखित तालिकामा प्रस्तुत गरिएका छन्|
करयोग्य आयको स्लैब (रुपियॉं) विद्यमान कर दर नयॉं कर दर
० देखि २.५ लाख छूट छूट
२.५ देखि -५ लाख ५% ५%
५ देखि ७.५ लाख २०% १०%
७.५ देखिे १० लाख २०% १५%
१० देखि १२.५ लाख ३०% २०%
१२.५ देखिे १५ लाख ३०% २५%
१५ लाखदेखि माथि ३०% ३०%
नयॉं कर व्यवस्थामा कुनै पनि करदाताद्वारा दाबी गरिएको छूट अनि कटौतीको आधारमा पर्याप्त कर लाभ प्राप्त हुनेछ| उदाहरणका लागि कुनै व्यक्तिले एक वर्षमा १५ लाख रुपियॉं कमाए र कुनौ कटौतीको लाभ उठाएका छैनन् भने उसले पुरानो व्यवस्थामा २ लाख ७३ हजार रुपियॉं कर भुक्तान गर्नुपर्ने हुन्थ्यो भने नयॉं व्यवस्थामा अब उसले मात्र १ लाख ९५ हजार रुपियॉं भुक्तान गर्नुपर्नेछ| यसै गरी नयॉं व्यवस्थामा उसको कर भार ७८ हजार रुपियॉं कम्ति हुनेछ| नयॉं व्यवस्थाको फाइदा तर उसले पुरानो व्यवस्था अन्तर्गत आयकर अधिनियमको अध्याय ६-को भाग क को विभिन्न धारा अन्तर्गत १.५ लाख रुपियॉंको कटौती लिइरहेको भए मात्र प्राप्त गर्नसक्नेछन्|
नयॉं कर व्यवस्था करदाताहरूको निम्ति वैकल्पिक रहनेछ| वित्तीय विधेयकमा वर्णन गरिएको प्रावधान अनुसार, व्यक्ति वा एचयुएफको कुनै कारोबारी आमदानी नभए, प्रत्येक पूर्ववर्ती वर्षमा यस सुविधाको विकल्प रहनेछ भने अन्य मामिलामा यदि यो विकल्प विगत वर्षको निम्ति एकपटक प्रयोग गरिए, उक्त वर्षका साथै आगामी वर्षहरूका लागि पनि वैध रहनेछ| सन्दर्भअनुरूप व्यक्ति वा एचयुएफले शर्तहरू पूरा गर्न नसके, विकल्प विगत वर्ष वा वर्षहरूका लागि निरस्त ठहरिनेछ र ऐनका प्रावधानहरू लागू हुनेछ|
नयॉं व्यक्तिगत आयकर दरका लागि प्रति वर्ष ४० हजार करोड रुपियॉंको अनुमानित परित्यक्त राजस्व आवश्यक पर्नेछ| आयकर विवरणी समयअघि नै पूरा गर्ने उपाय पनि शुरु गरिएको छ, ताकि नयॉं व्यवस्थाको विकल्प लिने व्यक्तिहरूले आफ्नो विवरणी दर्ता सक्षम बनाउनका साथै आयकर भुक्तानीका लागि कुनै विशेषज्ञको आवश्यकता नपरोस्, वित्त मन्त्री निर्मला सीतारमणले बताइन्| वित्त मन्त्रीले विगत अनेकौं दसकमा आयकर कानूनमा सामेल गरिएका सबै छूट र कटौतीको समीक्षा गरिएको पनि जानकारी दिइन्|
बजेटमा करिब ७० वटा (एक सयभन्दा धेरैबाट) विभिन्न प्रकृतिका छूट अनि कटौतीहरू हटाउने प्रस्ताव रहेको बताइन्| कर प्रणालीलाई अरू बढी सरल बनाउनका साथै कर दर कम गर्ने विचारले आगामी वर्षहरूमा बक्यौती छूट र कटौतीहरूको समीक्षा गरी यसलाई युक्तिसङ्गत बनाइने पनि जानकारी दिइन्| (पीआइबी