Loading... आजः शनिबार , श्रावण १२, २०८१

नरेन्द्र मोदी भारतका प्रधानमन्त्री हुन कि पाकिस्तानको राजदुत?: मुख्यमन्त्री ममता ब्यानर्जी


सिलगढी, 3 जनवरी। पश्चिम बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीमा नागरिकता संसोधन ऐन (सीएए) र नागरिक पंजिकरण प्रमाणपत्र (एनआरसी) को विरोधमा आयोजित प्रतिवाद जुलुसलाई सम्बोधन गर्दै प्रधामन्त्री नरेन्द्र मोदीलाई कस्सेर प्रहार गरे।

उनले सीएए र एनआरसीबारे मोदीको अडान र पाकिस्तानको कुरा बेसी गरिरहेको कुरालाई खिल्ली उडाउँदै भनिन्, नरेन्द्र मोदी भारतका प्रधानमन्त्री हुन् की पाकिस्तानको राजदुत? उनले भनिन् भारतीय जनता पार्टीका एकनम्बर नेथा भएको नातामा मोदीले यत्रो ठूलो महान देश भारतलाई किन पटक पटक पाकिस्तानसित दाँजो गरिरहेका छन् अनि प्रत्येक मुद्दामा किन पाकिस्तानलाई तानिरहेका छन्। नरेन्द्र मोदी तपाईं भारतको प्रधानमन्त्री हुनुहुन्छ की पाकिस्तानको राजदूत? उनले कटाक्ष प्रहार गरिन्। उनले पाकिस्तानको समर्थनमा नरहेको तर आफू भारती अनि सबैभन्दा सुन्दर देश भारतको कुरा गरिरहेको बताइन्। उनले देश स्वातन्त्र भाएको 70 वर्ष पछि देशका नागरिकहरूले आफ्नो नागरिकता पुष्टि गर्नुपर्ने भन्दै प्रश्न तेर्साइन। भारत देशभरि सीएए र एनआरसीको विरोधमा सल्किएको विरोधको ज्वालाले उत्तर बंगालको राजधानी मानिने सिलगढी पनि आज तात्तिएको थियो। दार्जीलिङ क्षेत्रका विभिन्न जात गोष्ठीका बोर्डका समर्थकहरू समेत व्यापक संख्यामा ममता ब्यानर्जीको नेतृत्वमा रहेको तृणमूल कांग्रेसका समर्थकहरूले सिलगढीमा मुख्यमन्त्रीको साथमा बिराट प्रतिवाद जुलुस आयोजन गरेका थिए। यस अघि भाजपाका दार्जीलिङ क्षेत्रका सांसद राजु विष्टले पनि सिलगढीमा सीएए र एनआरसीको समर्थनमा जागरूकता जुलुस पनि निकालेका थिए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!