नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिनु भएको छ। लगत्तै उहाँले राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका भएको अनलाइन खबरले लेखेको छ।
मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराउनु भएको हो।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो। यसरी नियुक्त गभर्नरले प्रधानन्यायाधीश वा उहाँले तोकेका न्यायाधीशबाट सपथ लिनुपर्ने प्रावधान नेपाल राष्ट्र बैंक ऐन, २०५५ को दफा १०८ मा छ। त्यही प्रावधानअनुसार, गभर्नर अधिकारीले सपथ लिनु भएको हो।
Insert your Ads code here
सपथलगत्तै अधिकारीले आजै आफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ। राष्ट्र बैंकको कार्यालय, बालुवाटार पुगेर उहाँले जिम्मेवारी सम्हाल्नु भएको हो।