Loading... आजः शनिबार , श्रावण १२, २०८१

नशालु पदार्थ, धारिलो हतियार र दुई लाख नगद सहित दम्पत्ती पक्राउ


जोरथाङ, 10 जुलाई। दक्षिण सिक्किमको जोरथाङ पुलिसले प्रतिबन्धित नशालु पदार्थ र हतियारसहित एक दम्पत्तीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दिपेन गदाइली र उनको पत्नी फुरमित लेप्चा तल्लो सालघारीको जोरथाङ डाँडा गाउँ निवासी हुन्। आरोपीबाट पुलिसले प्रतिबन्धित ड्रग्स (खुल्ला 112 वटा एसपी क्याप्सुल) सहित नगद राशि दुई लाख रुपियाँ र आठवटा धारिलो हतियार पनि जफ्त गरेको छ।

जोरथाङ महकुमाका एसडीपीओ सन्तोष श्रेष्ठ र जोरथाङ थानाका एसएचओ महेन्द्र प्रधानको उपस्थितिमा उक्त सामान र हतियारलाई जफ्त गरिएको बताइएको छ। आरोपीहरु विरुद्ध जोरथाङ थानामा सिक्किम एन्टी ड्रग्स एक्ट-2006 र आम्स एक्ट-1959 अन्तर्गत मामिला दर्ता गरिएको छ भने सम्बन्धित पुलिसले अगाडिको जाँच र छानबीन शुरु गरेको छ। (सरोज गुरुङ)

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!