Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नागढुंगा सुरुङमार्गको काम पुनः सुरु


आयोजनाले अधिग्रहण गर्ने वायु गुठीको जग्गामा विवाद भएपछि ढिलाइ भएको नागढुंगा सिस्नेखोला सुरुङमार्ग निर्माण सिस्नेखोलादेखि पुनः सुरु भएको छ। दुई महिनादेखि जग्गा अधिग्रहण विवाद थियो। निर्माणमा अवरोध गरे निर्माण आयोजनाले बल प्रयोग गरी काम सुरु गर्ने तयारी गरिरहेकै बेला गत बुधबार नै सम्बद्ध पक्षसँगको छलफलबाट काम सुरु गर्ने सहमति भएको धुनीबेंसी नगरप्रमुख बालकृष्ण आचार्यले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। अहिले दैनिक २ सय ४० खेप माटो टिपरले खाल्डोमा हालिरहेका छन्। आयोजनाले सुरुङमार्गका लागि धादिङतर्फ ४४ र काठमाडौंतर्फ २ सय ६६ रोपनी जमिन अधिग्रहण गर्नेछ।

काठमाडौंतर्फ अधिग्रहण गर्ने भनिएको सबै जमिनको मुआब्जा वितरण भइसकेको छ। धादिङतर्फ भने २७ रोपनी जमिनको मुआब्जा वितरण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। ‘मुआब्जा दिइसकेको जमिनमा समेत काम गर्न नपाउँदा समस्यामा थियौं,’ आयोजना प्रमुख श्यामप्रसाद खरेलले भन्नुभयो, ‘धादिङतर्फको सबै जमिन गुठी संस्थानको हो। तर उक्त जग्गाको फिल्डबुकमा आफ्नो नाममा भएकाले छुट दर्ता गर्नुपर्ने स्थानीयको माग छ।’

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!