प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति राजा ज्ञानेन्द्र शाह आफू असन्तुष्ट भएको टिप्पणी गर्नुभएको छ। राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि ब्यक्त गर्नुभएको हो।
उहाँले लेख्नुभएको छ: ”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ। तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो। राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो।”
Insert your Ads code here
सामाजिक संजालमार्फत् आफ्नो धारणा राख्दै राजा ज्ञानेन्द्र शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाउनु भएको छ। उहाँले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पण गर्नुभएको छ।