गान्तोक, 7 मार्च। अन्तरराष्ट्रिय महिला दिवस 2020 को अवसरमा उत्तर सिक्किमको नाबे सोतक ग्राम पञ्चायत एकाईले आफ्नो क्षेत्रलाई एकपल्ट प्रयोग हुने प्लास्टिक मुक्त क्षेत्रको रूपमा विकास गर्ने सङ्कल्प गरेको छ।
आइतबार पेनलोङ पाठशालामा महिला सभा आयोजन गरेर ग्राम पञ्चायत एकाईले उपस्थीत सबैलाई अब उसो क्षेत्रमा सिङ्गल युज्ड प्लाल्टिक नचलाउने प्रतिज्ञा गर्दै शपथ दिलाएका छन्। यसका साथै आजैदेखि सिन्थेटिक खादा मालाको प्रयोग गर्नको साटो पर्यावरण संरक्षणको सन्देश दिँदै बिरूवा उपहार दिने प्रचल शुरुगरेको छ।
आज उपस्थित अतिथि र सम्मानित व्यक्तिहरूलाई खादा मालाको साटो लाली गुराँस र चाँपको बिरूवा अर्पण गरियो। नाबे सोतकका पञ्चायत अध्यक्ष टासी डोमा भोटियाले अब उसो ग्राम पञ्चायतमा सबै पर्यावरण मैत्री परम्परा स्थापित गर्न उद्देश्यले सिङ्गल युज्ड प्लास्टीक र सिन्थेटिक खादमालाको प्रयोग बन्द गर्ने निर्णय गरेको बताइन्।
यसैगरि ग्राम पञ्चायत एकाईले विभिन्न क्षेत्रमा अतुल्य योगदान दिने नारीहरूलाई सम्मान जनाइएको छ। उत्तर जिल्लाको अध्यक्ष निमदेन लेप्चा मुख्य अतिथि रहेको कार्यकर्ममा नाबे सोतक ग्राम पञ्चायत एकाईले 14 वटा महिलाहरूको स्वयं साहयता समूहलाई सम्मान गरेको छ। यसैगरि पाँचजना आशा कर्मी, पाँचजना उद्यमी दुइजना महिला चालक तथा एक शिक्षिकालाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको छ।