Loading... आजः आइतबार , जेठ ५, २०८२

नायिका साम्राज्ञीविरुद्ध दश करोड क्षतिपूर्ति मागसहित भुवन केसी अदालतमा


काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ।

नायिका शाहले दूर्व्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो।

मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जतिसम्बन्धी कसूरको बेइज्जति गरेमा हुने सजाय (१) मा कसैले कसैको बेइज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कैद वा २० हजारसम्मको जरिवाना वा दुवै हुने व्यवस्था छ। तर विद्युतीय माध्यमबाट व अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरे वा गराएमा निजलाई त्यस्तो सजायको थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

Insert your Ads code here

बेइज्जति गरेमा हुने सजाय (२) मा कसैले कसैलाई बेइज्जति गरे वा गराएको ठहरिएमा बेइज्जति गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनुपर्नेछ भन्ने व्यवस्था छ।

सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले यही व्यवस्थालाई टेकेर रु १० करोड क्षतिपूर्ति माग गर्नुभएको छ। नायक केसीले आफ्नोे चरित्र हत्या गरेको आरोप लगाउँदै नायिक शाहले कलाकार सङ्घमा उजुरी दिनुभएको थियो। नायिका शाहले चलचित्रमा काम गर्ने क्रममा दूर्व्यवहार गरेको आरोप लगाएपछि विवाद चलचित्र सङ्घ हुँदै अदालतमा पुगेको नेपाल टेलिभिजनमा समाचार छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!