Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नारायणी नदीमा गैँडाको बच्चा बग्यो


नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो।

अन्दाजी दुई-तीन वर्षको केटोको खोजीका लागि सम्बन्धित पोष्टबाट परिचालन गरिएको भए पनि उद्धार गर्न नसकिएको सेतोपाटी अनलाइनले जनाएको छ।

यसअघि विसं २०७४ मा आएको बाढीसँगै बढेको राप्ती र नारायणीले बगाएर धेरै गैँडा भारत पुगेका थिए। भारत र नेपाली सीमाबाट १३ वटा गैँडा उद्धार गरी निकुञ्ज ल्याइएको थियो।

Insert your Ads code here

अरू थप गैँडा भारतीय भूमिमा भएको अनुमान छ। यस वर्ष पनि गत साता राप्ती नदीमा डुबेको अवस्थामा गैँडा मृत भेटिएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!