Loading... आजः बिहिबार , चैत्र ६, २०८१

नारी कल्याणको नवौऔं बार्षिक साधारण सभा सम्पन्न


 बर्दिया राजापुर
नारी कल्याण साना किसान कृषि सहकारी सस्था लि राजापुर नगरपालिका ९ भिम्मापुरकोको नवौ बार्षिक साधारण सभा गत आईतबार भिम्मापुरमा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष लोकमाया कुवँरको सभापत्तिवमा भएको कार्यक्रमका प्रमुख अतिथी वडा नं ९ का अध्यक्ष बिष्णु प्रसाद थारु, विशिष्ट अतिथी वडा नं ७ का अध्यक्ष मथुरा प्रसाद चौधरी रहनु भएको थियो । सभाका प्रमुख अतिथी वडा अध्यक्ष बिष्णु प्रसाद थारुले आफ्नै सहकारीबाट ऋण लिन जादा सजिलो हुने र फाईदा पनि हुने भएको बताउदै सहकारीले समुदायको जिबीको पार्जनमा सहयोग पुराएको बताउनु भयो ।


सहकारीलाई सहयोग गर्ने ईच्छा हुँदा हुदै पनि सिमित बजेटका कारण यस आर्थिक बर्षमा सहकारी भवन निर्माण गर्न १ लाख ५० हजार सहयोग गरेको र आगामी बर्षमा बजेट हेरी सक्दो सहयोग गर्ने बताउनु भयो ।

Insert your Ads code here

विशिष्ट अतिथी वडा न ७ का अध्यक्ष मथुरा प्रसाद चौधरीले थोरै रकमबाट स्थापना गरी सुरु गरेको सहकारीले आज आफ्नौ नवौ बसन्तमा प्रवेश गरी रहँदा लगभग रु १० करोड बराबरको काम गरेको सुन्दा धेरै खुसी लागेको बताउदै, महिला दिदी बहिनीहरुले गरेको काम प्रति उच्च सम्मान व्यक्त गदै, आफुले पनि आफ्नो वडाबाट आगामी बर्षमा कम्तीमा पनि रु २ लाख सहयोग गर्ने बताउनु भयो ।

सभाका अध्यक्ष लोकमाया कुवँरले यस सहकारीलाई सबैको सहयोगको अपेक्षा लिएको बताउदै, कृषि पशुजन्यमा सस्तो सुल्भ दरमा ऋण उपलब्ध गराउदै आएको बताउदै यस बर्ष ठाँउ नहँुदा किसानका धान खरीद गर्न नसकिएको भएपनि आगामी दिनमा गहु तोरीहरु खरीद गर्ने लक्ष्य लिएको , स्थानियवासी तथा सहकारीका सदस्यहरुलाई सजिलोका लागि मनिट्रान्सफर संचालन गर्ने तयारी गरेका,े धितो राखी रु ७ लाख देखी रु १० लाखसम्म दिने र सुत्केरी भत्तामा रु १५०० सम्म दिने व्यवस्था मिलाएको बताउनु भयो ।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गदै अध्यक्ष कुवरले आ.ब. २०७६/०७७ मा कुल ऋण लगानी ५ करोड ३७ लाख २३ हजार, कुल सावा असुली रु ४ करोड ५३ लाख ८३ हजार, कुल व्याज असुली रु १ करोड १३ लाख ३७ हजार र बर्षको अन्यत्यमा सस्थाको सदस्यहरुमा लगानी रहि रहेको ऋण रु ८ करोड ३२ लाख ११ हजार निक्षेप संकलन तर्फ विभिन्न बचतखाताहरुमा रु १ करोड ८४ लाख ३२हजार १ सय ५५ ।६७ सकलन रु १ करोड २१ लाख ८७ हजार २ सय ८५ ,३७ फिर्ता गरी यसमा निक्षेपमा व्याजरकम रु ३ करोड ४२ हजार थप गरी ४करोड १लाख १३ हजार ९सय ७१ बताउनु भयो ।
जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष तथा बसन्त साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष प्रतिमा चौधरीले साना किसानले सधै पार्दशितालाई ध्यान दिने गरेको बताउद,ै लद्युवित्तयबाट अरुलाई फाईदा हुने तर साना किसानबाट स्वयम आफैलाई फाईदा हुने भएकाले र उद्मीहरुले सस्तो व्याजदरमा ऋण पाउने भएको बताए ।
नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय गोडियानाका प्रअ शिब प्रसाद चौधरीले सहकारीले आर्थिक वृद्धिका साथ साथै चेतना वृद्धि गराउने काम गदै आइरहेको बताउदै समाजिक रुपले पनि महिला हरुलाई अगाडी बढाउन सहयोग गरेको बताउनु भयो ।

प्रगती प्रतिवेदन प्रस्तुत गदै प्रबन्धक पार्वती चौधरीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुतगदै २०६७ कातिक देखी २०७७ कातिक सम्म कुल समूह सख्या २१३, जम्मा सदस्य सख्या ११३६,महिला सदस्य सख्या ११३६,ऋणी सदस्य सख्या६३५,मासिक व्याजबुझाउने ऋणी सख्या ५३७,बैक मौज्दात रु ५६,४७,०००। नगद मौज्दात रु १,३२,०००। शेयर रकम रु ९४,८०,०००। कुल निक्षेप रकम रु ४,२०,७०,०००। जगेडा कोष ९३,५९,००० । जम्मा ऋण लगानीरु२,१५,२९,०००। जम्मा सावा असुली रु १,५०,२२,०००। व्याज असुली रु३५,७५,०००। मासुजन्य कर्जा रु७९,७३,०००। लगानी रहित रहेको रकम रु ८,९७,१७,०००। बिना धितोको मात्र लरर १,३६,९२,०००। भाका नाघेको रकमरु ३१ ८०,०००।पाउनुपर्ने व्याज रु७,०४,०००।, ऋणजोखीमकोष रु११,७०,०००।,तिर्नुपर्ने रकम ३,७०,६२,०००।,आन्तरीक श्रोत ४,९१,५५,०००।जम्मा आम्दानी ३९,९०,०००।जम्माखर्च रुनाफा रु २१,४५,०००।कुल सम्पत्ति १०,१४,३२,०००।बाँकी पैस्की४,९६,०००।भुक्तानी दिनु पर्ने रकम रु १,४४,०००। पशुविमा रकम १,८९,०००। रहेको जानकारी दिनु भयो ।
सभामा सस्थाका उपाध्यक्ष मुन्नी देबी थारुले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा नं ९का सदस्य विमला चौधरी, सेयर सदस्य अन्जु भट्टराई लगायतकाले शुभ कामना मन्तव्य राखेका थिए ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!