Loading... आजः आइतबार , बैशाख १४, २०८२

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा


बर्दिया राजापुर साउन ११
सुत्केरी अवस्थामा रहेका महिलाहरुको लागि नेपाल रेडक्रस सोसाइटी उप शाखा राजापुर बर्दियाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरीने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उप शाखा (क) राजापुरका सभापति माया भट्टराईले जानकारी दिनुहुदै मातृमृत्युदर कम गर्न सुत्केरी अवस्थामा रहेका महिलाहरुलाई केही राहत प्रदान होस भन्नका लागि घर देखी अस्पताल सम्म पुराउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरीन थालिएको बताउनु भयो ।
हामीलाई खबर गरी बोलाएको खण्डमा घरमै गई सुत्केरी महिला दिदी बहिनीहरुलाई अस्पताल सम्म ल्याउनका लागि अब कुनै पनि एम्बुलेन्स शुल्क लाग्दैन सभापति माया भट्टराईले बताउनु भयो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!