Loading... आजः शनिबार , श्रावण १२, २०८१

निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सद्वारा पोखरा गन्तव्यमा व्यावसायिक उडान सुरु


निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले शुक्रबारदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान सुरु गरेको छ। कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय क्षेत्र पोखरामा उडान सुरु गरेको हो।

हाल नेपालमा आन्तरिक उडानमा प्रयोग भइरहेका जहाजमध्ये यो विशेष सुविधायुक्त जहाजबाट श्रीले पहिलोपटक सेवा सञ्चालन गरेको छ। छोटो दूरीको धावनमार्गमा सहज रुपले अवतरण र उडान गर्न सकिने यो जहाज क्यानेडियन कम्पनी बर्बार्डियरले उत्पादन गरेको जहाज हो। यो सिरिजका दुई जहाज भएको कम्पनीले निकट भविष्यमै उस्तै प्रकृतिका थप दुई थान जहाज ल्याउने जनाएको छ।

गोरखापत्र अनलाइनका अनुसार नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा पर्यटक तथा हवाई यात्रुलाई फरक ढङ्गको सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ जहाजबाट उडान शुरु गरिएको श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो। श्री एयरलाइन्सको पोखरा नवौँ गन्तव्य हो। यहाँ दुई ठूला प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले उडान भर्दै आएका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!