निर्ममतापूर्वक कुकुर मार्ने युवक पुलिसको पञ्जामा
गान्तोक, 7 अगस्त। सिक्किम राज्य जहाँ कुकुर तिहार भनेर कुकुरको पुजा गरिने गरिन्छ। त्यही राज्यमा एक 32 वर्षीय युवकलाई पुलिसले कुकुरलाई निर्ममतासित मारेको आरोपमा पक्राउ गरेको छ। स्थानीयहरूले उक्त युवकको विरूद्धमा उजुरी गरेपछि पुलिसले कार्वाही गरेको हो।
घटना गत 3 अगस्तको हो। उक्त दिन पेशाले अस्थायी सरकारी चालक रहेको युवक नरेन तामाङ विरूद्ध बच्चा नामक कुकुरका धनीले थानामा उजुरी गरेको थियो। पछि सिक्किमको पिपल फर एनिमल्स (पीएफए)ले यसलाई अघि बढाएपछि पुलिसले आरोपी विरूद्ध कार्वाही गर्दै पक्राउ गरेर पछि जमानीमा छोडेको छ।
पीएफएका सदस्य सिर्जना खालिङले भनिन् हामीलाई घटनाबारे पुलिसले परिवारको दबाउको कारण मामिला फिर्ता लिने निर्णय गरिरहेको बताएपछि तुरन्तै थानामा हामीले प्राथमिकी दर्ता गरेका थियौं। त्यसमा दिपीका प्रदान र अणु थामीले उक्त प्राथमिकी दर्ता गरेपछि पुलिसले आरोपीविरूद्ध कार्वाही गरेको हो। जसमा पुलिसले आरोपीको विरूद्धमा भारतीय दण्ड संहिताको धारा 428, 429 र 201 धारा अन्तर्गत मामिला दर्ता गरेर कार्वाही गरेकोछ।
आरोपी तामाङ अस्थायी सरकारी वाहन चालक हुन भने रोङ्गेक, मानेडाँडा पूर्व सिक्कम निवासी हुन। उनले गत 3 अगस्त सोमबारको दिन बच्चालाई बर्बरतापूर्वक हिर्काएर मारेको आरोप छ। यसका साथै उनले तथ्यहरू लुकाउने प्रयास गरेको अनि मृत बच्चाको लाशलाई घर नजिकको भीरमा फ्याकेको आरोप पनि छि। जसलाई पीएफएका दलले पुलिसको सहयोगमा मृत देह उद्दार गरेर एसएआएएच अस्पताल गान्तकोमा पोस्टमर्टम गरेको थियो। अर्कोतिर उनले आफन्त पर्नेको कुकुर मारेको थियो भने अझै घटनाबारे विभिन्न म्यासेज पठाएर अझ खतरनाक कार्वाही गर्ने चेताउनी दिएर धम्की पनि दिइरहेको आरोप छ।
खालिङले भनिन उसले बच्चालाई मारेन मात्रै तर त्यसबारे तथ्यहरू मेटाउने प्रयास गऱ्यो। पोस्टमर्टम रिपोर्टले कुकुरलाई टाउको, मुखमा टुक्रा टुक्रा हुने गरि काटेको तथ्य अघि एको छ। बच्चाले आफ्नो ज्यान जानेबेलासम्म पनि धेरै संघर्ष गर्नुपर्नेको रिपोर्टले बताएको छ। घटनाको समयमा कुकुरको मालिकनी सँगै भएपनि कुकुरलाई खेदि खेदि मारेको अऩि अन्तमा घरकै छेउको भीरबाट फ्याकिदिएको उनले बताइन्।
घटनाबारे पुलिसले तुरन्तै कार्वाही गरिदिएकोमा उनले भनिन सिक्किम पुलिसले साँच्चै सराहनीय कार्य गरिदिएका छन् जसले त्यहीँ दिन लगभग 10 बजी आरोपीलाई पक्राउ गरिदियो अनि हामी उसलाई त्यसै जान दिने छैनौं। न्याय आवश्य पनि हुनेछ भनि उनले विश्वास व्यक्त गरिन्।