Loading... आजः शनिबार , श्रावण १२, २०८१

निर्माणकार्य सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ववत


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ। यससँगै विमानस्थलको चाप कम गर्नुका साथै जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने अवस्थाको पनि कमी आउने जनाइएको छ।

विमानस्थलको क्षमता विस्तार योजनाअन्तर्गत ३०० मिटर धावन मार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पार्किङ स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल, अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्क वे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो। कोभिडका कारण मुलुक समस्यामा रहँदा पनि उक्त काम सम्पन्न भएका हुन्।

चारवटै आयोजनाको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मङ्गलबार उद्घाटन गर्नुभयो। त्यस अवसरमा मन्त्री भट्टराईले कोभिड महामारीका बीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणाम स्वरूप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताउनुभयो।

Insert your Ads code here

सङ्क्रमणको जोखिम मोलेर आत्मबल र आत्मविश्वास साथ निरन्तरताको प्रयासपछि चारवटै आयोजनाको परिणाम आएको र विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिनेउहाँले स्पष्ट गर्नुभयो। सरकारले अन्तर्राष्ट्रिय उडान सङ्ख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ देखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब बिस्तारै पुरानै लयमा फर्किने उहाँले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!