काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालमा देखिएको विवादबीच निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादवलाई आधिकारिकता प्रदान गरेको छ ।
आयोगले सोमबार जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यको सनाखत लिएको थियो ।
Insert your Ads code here
जसपाका अध्यक्ष यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् भने पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले मात्रै हस्ताक्षर गरेका छन् । हाल कारागारमा सजाय भोगिरहेका जसपा सांसद रेशम चौधरीले निर्वाचन आयोग परिसर पुगेर तटस्थता देखाएका छन् ।
जसपाको आधिकारिकता विवाद निरूपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा सोमबार बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो ।