Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत हउ यान्छीबीच भेटवार्ता


नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ। नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विवाद बढ्दै गइरहेका बेला होउले नेकपाका नेताहरूसँगको भेटलाई तीव्रता दिनुभएको हो। नागरिकन्यूज डटकमका अनुसार राजदूत होउले आइतबार नेकपाका नेता माधवकुमार नेपाल र मंगलबार झलनाथ खनालसँग पनि भेट्नुभएको थियो। त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटेको समाचार छ।

नेकपाभित्र अध्यक्ष दाहालसहित नेता नेपाल र खनाललगायतले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको भन्दै उनलाई राजीनामा दिन दबाब दिइरहेका छन् । विवाद बढ्दै जाँदा नेकपा फुटको संघारमा पुगिरहेका बेला चिनियाँ राजदूतको सक्रियता बढेको हो ।

पार्टी एकताले पूर्णता नपाउँदै नेकपामा विवाद विभाजनउन्मुख हुन थालेपछि राजदूत होउले गत वैशाखमा पनि राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतालाई भेटेकी थिइन् । त्यसलगत्तै नेकपाभित्रको विवाद तत्काललाई शान्त भएको थियो । पछिल्लो समय नेकपा भित्रको विवाद पुनः चर्किएपछि उनको सक्रियता एकाएक बढ्न थालेको हो । नेपालस्थित चिनियाँ दूतावासले राजदूत याङ्छीको राजनीतिक भेटघाटका क्रममा दुई मुलुकबीचका साझा चाँसोका विषयमा छलफल भएको जनाएको छ । चिनियाँ राजदूत र दूतावासले नेपाल सरकार राजनीतिक दल विद्धत् वर्ग तथा सबै क्षेत्रका नागरिकसँग राम्रो सम्बन्ध राख्दै आएको जनाएको छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!