सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ। सामाजिक दूरी कायम राख्दै बैठक भइरहेको छ।
बैठकमा कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य सामग्री ल्याउँदा भएको अनियमितता र पछिल्लो पटक स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनालाई दिएको जिम्मेवारीबारे छलफल हुने बताइएको छ।
पहिलो चरणमा स्वास्थ्य सामग्री ल्याउँदा अनियमितता भएको भनेर चौतर्फी आलोचना भएपछि सरकारले ओम्नी समूहसँगको सम्झौता रद्द गरिसकेको छ। सचिवालय सदस्यहरूले यसअघि नै स्वास्थ्य सामग्री प्रकरणबारे पार्टीमा छलफल हुनुपर्ने बताएका थिए।
Insert your Ads code here
स्वास्थ्य सामग्री किन्दा यसअघि आर्थिक अनियमितता भएको कुराको विरोध गर्दै सेनालाई स्वास्थ्य सामग्री दिने कुराको समर्थन प्रधानमन्त्री केपी ओलीले आजै राष्ट्रको नाममा सम्वोधन गर्दा बताएकाेे झिल्काे डटकमले लेखेको छ।