सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ।
बैठकमा अध्यक्षद्वयको प्रतिवेदन र आगामी महाधिवेशन लगाएतका विषयमा छलफल जारी रहेको छ। यसअघि बिहिवार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले छलफल गरी कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्य योजनासहितको प्रस्ताव तयार गरिसक्नुभएको छ।
बैठकमा दुई अध्यक्षको जिम्मेवारीलाइ प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्ने लगायतका बिषयमा पनि छलफल हुने बताइएको छ।
यसैगरी मन्त्रीमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाइ थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत छलफल हुने छ।
Insert your Ads code here
यसकासाथै कोभिड-१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।