Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेकपाद्वारा मृतकका परिवारहरुलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न माग


प्रकाण्डद्वारा लालीघाट दुर्घटनाप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको लालीघाटबाट रास्कोट जाँदै गरेको टिपर दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अकालमा ज्यान गुमाउन विवश मृतकका परिवारहरुलाई उचित राहत र घाइतेको निःशुल्क उपचार व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ। सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्। प्रवक्ता प्रकाण्डले विदेशबाट आएका जनातासंगै कोरोना भाइरसको संक्रमण आयात हुने खतरालाई जाँचपरक गर्ने स्वास्थ्यविधिको विकास गरिएको क्वारेन्टिनमा राख्न लग्ने जनतालाई प्रदेशको राजधानी सुर्खेतबाट टिपरमा कोचेर पठाउनुले प्रदेश सरकारको निरीहता, लाचारी, हदै प्रकारको गैरजिम्मेवारी, व्यवस्थापकीय अक्षमता र अनाडीपना व्यक्त गरेको ठोकुवा गर्दै जनताको जीवनमाथि खेलबाड गर्ने प्रदेश सरकारको नयाँ शासकीय दृष्टिकोण र रबैयाको पार्टी घोरनिन्दा एवं कडा भत्र्सना गरेका छन साथै उनले जनताको जीवनसँग खेलबाड नगर्न राज्य निकायहरुलाई कडा चेतावनी समेत दिएका छन।

यसैगरी , प्रवक्ता प्रकाण्डले हालै एक अनलाइनले ‘विप्लवका रणनीतिका बेलिविस्तार’ शीर्षकमा छापेको समाचारप्रति पार्टीको विशेष चासो रहेको जनाउदै पार्टीका विरुद्ध रचना गरेको षड्यन्त्रमूलक, उत्तेजनात्मक, झुट र भ्रमर्पूण समाचारको पार्टी प्रचण्ड निन्दा र घोर भत्र्सना गर्दै यस्तो हद दर्जाको खुफिया पत्रकारिता पार्टीका विरुद्ध नगर्न सम्बन्धित अनलाइनलाई कडा चेतावनी समेत दिएका छन।

Insert your Ads code here

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आज जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस पर्कार रहेको छ – “कोरोना भाइरसको विश्वव्यापी संक्रमण र आतंकबाट जीवन सुरक्षाका निम्ति भारतबाट नेपाल आएका कालिकोट जिल्ला रास्कोट क्षेत्रका ४५ जना जनतालाई कर्णाली प्रादेशिक सरकारले रास्कोट क्वारेन्टिन (quarantine) मा राख्ने भनेर प्रदेश राजधानी सुर्खेतबाट टिपरमा लाँदा कर्णालीको लालीघाटमा दुर्घटनाग्रस्त भएर दुईजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु हुन पुग्यो। घाइते आठजनामा एकजनाको अवस्था गम्भीर र चिन्ताजनक रहेको छ। हाम्रो पार्टी लालीघाट दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ। मृतक शर्मिला सार्की, थुम्की सार्की र निष्पता सार्कीप्रति भावर्पूण श्रद्धाञ्जली अर्पण गर्दछ। उहाँका परिवारजन र आफन्तहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। घाइतेहरुको शीर्घ स्वास्थ्यलाभको कामना गर्दछ। अकालमा ज्यान गुमाउन विवश मृतकका परिवारहरुलाई उचित राहत र घाइतेको निःशुल्क उपचार व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ।

विदेशबाट आएका जनातासंगै कोरोना भाइरसको संक्रमण आयात हुने खतरालाई जाँचपरक गर्ने स्वास्थ्यविधिको विकास गरिएको क्वारेन्टिनमा राख्न लग्ने जनतालाई प्रदेशको राजधानी सुर्खेतबाट टिपरमा कोचेर पठाउनुले प्रदेश सरकारको निरीहता, लाचारी, हदै प्रकारको गैरजिम्मेवारी, व्यवस्थापकीय अक्षमता र अनाडीपना व्यक्त गर्दछ। जनताको जीवनमाथि खेलबाड गर्ने प्रदेश सरकारको नयाँ शासकीय दृष्टिकोण र रबैयाको पार्टी घोरनिन्दा एवं कडा भत्र्सना गर्दछ। जनताको जीवनसँग खेलबाड नगर्न राज्य निकायहरुलाई कडा चेतावनी पनि दिन्छ।

जनआस्था अनलाइनले जेठ २६ गते बेलुकी ८ बजे हाम्रो पार्टीका बारेमा ‘विप्लवका रणनीतिका बेलिविस्तार’ शीर्षकमा छापेको समाचारप्रति पार्टीको विशेष चासो रहेको छ। हाम्रो पार्टीका विरुद्ध रचना गरेको षड्यन्त्रमूलक, उत्तेजनात्मक, झुट र भ्रमर्पूण समाचारको पार्टी प्रचण्ड निन्दा र घोर भत्र्सना गर्दछ। यस्तो हद दर्जाको खुफिया पत्रकारिता पार्टीका विरुद्ध नगर्न सम्बन्धित अनलाइनलाई पार्टी कडा चेतावनी दिन्छ।“ जनखबरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!