Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेकपा सचिवालय बैठक सरकारका कामको समीक्षा गर्दै टुंगियो


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सरकार र कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण, रोकथाम तथा समन्वयन उच्चस्तरीय समितिको कारमकारबाही बारे चार घण्टा लामो छलफलपछि टुंगिएको छ। अाज मंगलबार दिउँसो साढे चार बजे सुरु भएको बैठक राति साढे आठ बजेसम्म चलेको थियो। बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले कोरोना नियन्त्रणमा भइरहेका प्रयास र उपलब्धिबारे जानकारी गराएका थिए।

त्यसैगरी कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरेका कामबारे जानकारी गराए। त्यसपछि बैठकमा सहभागी सचिवालय सदस्यले धारणा राखेका थिए। सचिवालय सदस्यले बैठकमा प्रस्तुत भएका सुझावलाई अझ बढी प्रभावाकारी ढंगले कार्यान्वयन गर्न माग गरेका छन्। सुझाव कार्यान्वयन हुने कुरामा आश्वस्त हुन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले आग्रह गरेका थिए। ‘प्राप्त सुझावलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आश्वस्त पार्नु भएर बैठक सम्पन्न भयो’, बैठकपछि जारी विज्ञप्तिमा श्रेष्ठले लेखेका छन्।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकको अध्यक्षता अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।

Insert your Ads code here

प्रेस विज्ञप्ति जस्ताको तस्तै

नेपाल कम्युनिष्ट पार्टी९नेकपा ० केन्द्रीय सचवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।

पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालूप्रचण्डूको संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारंभमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड( १९ को रोकथाम, नियन्त्रण रउपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनुभयो। बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले यस कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराउनुभयो।

बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो। उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिनुभयो।

प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएर बैठक सम्पन्न भयो।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
नेकपा
२५ चैत २०७६

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!