Loading... आजः बिहिबार , असार ७, २०८१

नेता अग्नी सापकोटा निर्विरोध सभामुख हुँदै


संसदमा रिक्त रहेको सभामुख पदका लागि आइतबार निर्वाचन हुँदैछ। यसका लागि दिउसो ३ बजेका लागि बैठक बोलाइएको छ। सभामुखमा उम्मेदवारी दिने एकल उम्मेदवार नेकपाका नेता अग्निप्रसाद सापकोटा भएकाले उनी नै निर्विरोध निर्वाचित हुने पक्कापक्की छ।

असोजदेखि नै रिक्त रहेको सभामुख पद लामो राजनीतिक खिचातानीपछि पूर्ण हुन लागेको हो।

सापकोटा सभामुख बनेपछि आइतबार नै उनले संसदको पहिलो बैठक पनि बसाउनेछन्। सापकोटाले पदवहाल गर्नुअघि भने संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको भुमिका निर्वाह गर्नेछन्। ठाकुरले नै सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन्।

Insert your Ads code here

उता सर्वोच्च अदालतमा अग्नि सापकोटाविरुद्धको मुद्दा सुनुवाइ हुनेछ। यसअघि नै हत्या अभियोग लागेका व्यक्तिलाई सभामुख उम्मेदवार बनाउन नहुने भन्दै सापकोटाविरुद्ध सर्वोच्चमा रिट परेको थियो।

अधिवक्ता दिनेशराज त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यससँगै उपसभामुख पद पनि रिक्त छ। शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली भएको हो। सभामुख र उपसभामुख दुई फरक पार्टीको हुनुपर्ने प्रावधान रहेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!