Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेता रावलले गरे राजनीतिक हिंसा र माओवादी द्वन्द्व विषयमा विद्यावारिधी


फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ।

नेता रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व अर्थात् ‘पोलिटिकल भायाेलन्स एण्ड दि माओइस्ट इन्सर्जेन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गर्नुभएको हो।

Insert your Ads code here

नेता रावल २०३८ सालका त्रिवि स्नातकोत्तर तहका राजनीतिशास्त्रका स्वर्ण पदक विजेता पनि हुनुहुन्छ। नेपालकाे राजनीति क्षेत्रमा बारम्बार नेताहरूकाे शैक्षिक याेग्यताले चर्चा पाइरहेका बीच नेता रावलले विद्यावारिधी गर्नुभएको विषयले पनि चर्चा पाउन सफल भएको छ।

देश र जनताको पक्षमा सदैब खराे देखिदै अाउनु भएका नेता रावललाई कतिपयले भविष्यकाे प्रधानमन्त्रीका रुपमा समेत उल्लेख गर्ने गरेका छन्। पछिल्लो समय एमसीसीका पारित हुनुहुँदैन भन्ने पक्षमा स्पष्ट अडान राख्नु भएबाट उहाँको राजनीतिक उचाइ बढेको र ब्यक्तित्व अझ प्रभावकारी भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!