Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालका चार जिल्लामा कोरोनाभाइरसका संक्रमित शून्य


नेपालका चार जिल्लामा कोरोनाभाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। यी जिल्लामा पहिले कोरोना देखिए पनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।

‘७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन्,’ उहाँले भन्नुभयो, ‘प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोना संक्रमित छैनन्।’

अरू जिल्लामा पनि विगत एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको छ। मंगलबार कोरोनाका दुई सय चार जना संक्रमित थपिएर नेपालमा अहिलेसम्म १६ हजार एक सय ६८ मा संक्रमण देखिएको सेतोपाटी अनलाइनमा खबर छ।

त्यस्तै ५ सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला छन्। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, ५ नम्वर प्रदेशको पाल्पा, सुदूर पश्चिमको अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन्।

Insert your Ads code here

प्रदेश १, ३, ४ र कर्णालीका कुनै पनि जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छैन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!