Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालका सरकारी अस्पतालकाे पीसीआर रिपाेर्ट चीनले नमान्ने


चीनले हवाईमार्गबाट उसको मुलुक जान चाहने यात्रुलाई काठमाडौँका तीनवटा निजी अस्पतालबाहेक अरूमा पीसीआर परीक्षण नगराउन भनेको छ। नेपाल सरकारले हवाई यात्रुलाई बोर्डिङ पास लिने बेलामा तीन दिनभित्रको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्यरुपमा पेश गर्न भनेपछि काठमाडौंस्थित चिनियाँ राजदूताबासले परीक्षणका लागि उपत्यकाका तीनवटा निजी अस्पताल तोकिदिएको हो।

उड्नुअघि त्रिभुवन विमानस्थलमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य बनाए पनि सरकारी अस्पतालमा श्वाव संकलन गरेको १० दिनसम्म रिपोर्ट नआउने समाचार सार्वजनिक भएपछि २४ घण्टाभित्र रिपोर्ट दिने निजी अस्पताल चिनियाँ दूताबासलको रोजाइमा परेका हुन। दूताबासले चिनियाँ भाषामा सार्वजनिक सूचना जारी गरी सिफारिस गरेकामा ललितपुरको सानेपास्थित स्टार हस्पिटल, सिनमंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पताल रहेका छन्।


नेपालका केही अस्पतालका रिपोर्ट भरपर्दाे नभएकोले चिनियाँ दूताबासले निश्चित अस्पताल तोकिदिएको विज्ञहरुले जनाएका छन्। डा. मिङमार शेर्पाले सामाजिक सञ्जाल ट्विटरमा “कुनै कुनै कोभिड परीक्षणस्थलका रिपोर्टहरु भरपर्दा नभएको पाइएकाले चीन जाने जहाजमा स्टार, टिचिङ्ग र ह्याम्सको रिपोर्टलाई मात्र मान्यता दिने भनी यात्रुलाई जानकारी दिएको” भनी उल्लेख गरेको छन्।

Insert your Ads code here

नेपालमा उडान भर्ने सबै चिनियाँ विमान कम्पनीहरूले दूताबासको निर्देशन अनिवार्य पालन गर्छन्। नेपाल–चीनको संयुक्त लगानीको नेपाली कम्पनी हिमालय एअरलाइन्सले पनि उसका यात्रुलाई चिनियाँ दूताबासको निर्देशनअनुसार गर्न सूचित गरिसकेको छ।

यसअघि उद्धारका क्रममा स्वदेश फर्काउनका लागि आवेदन दिएका उसका नागरिकहरुलाई सूचना जारी गर्दा पनि निश्चित अस्पताल तोकिदिएको थियो। अन्य अस्पतालबाट गरिएको परीक्षणको पीसीआर रिपोर्टलाई मान्यता नदिएपछि काठमाडौँमा अलपत्र दर्जनभन्दा बढी चिनियाँले तोकिएको अस्पतालमा फेरि परीक्षण गराएर पीसीआर रिपोर्ट बुझाएकाेे नेपालसमाज डटकमले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!