Loading... आजः आइतबार , बैशाख १४, २०८२

नेपालका प्रधानमन्त्री ओलीद्वारा यूएनलाई सुधार गर्न आग्रह


नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघ (यूएन) लाई सुधारको लागि आग्रह गर्नु भएको छ। ओलीले शुक्रबार न्यूयोर्कमा जारी यूएनको ७५ औं महासभाको सामान्य छलफलमा नेपालको सरकार प्रमुखको तर्फबाट सम्बोधन गर्ने क्रममा यूएनलाई अझ बढी कुशल, प्रभावकारी, समावेशी र पारदर्शी बनाउन सुधार गर्न आग्रह गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

न्यूयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्तिअनुसार ओलीले आफ्नो रेकर्ड गरिएको भिडियो सम्बोधनमा वर्तमान महामारीका कारण जीवन, जीविका, समाज र अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताउनुभयो। उहाँले मानिसहरुलाई रोग र भोकबाट बचाउनु सरकारको सर्वोच्च कर्तव्य रहेको बताउनुभयो।

कोभिड–१९ भ्याकसिन खोपको विकास भएपछि सस्तो र सर्वव्यापी पहुँच सुनिश्चित गर्नु पर्ने आवश्यकतालाई पनि उहाँले जोड दिनुभयो। ‘गरिबी, हतियारको दौड, भूराजनीतिक प्रतिस्पर्धा, आतंकवाद, व्यापार तनाव, वैश्विक असमानता र प्रकोपजस्ता चुनौतीहरुका कारण विश्वका धेरै भागमा शान्ति र दिगो विकासको सम्भावना अपूर्ण आकांक्षा बनेको छ,’उहाँले भन्नुभयो,’अदृश्य भाइरसले मात्र यो विकृतिको गम्भिरतालाई देखाएको छ।’

Insert your Ads code here

उहाँले पर्यटन र रेमिट्यान्समा अवरोध र आपूर्ति श्रृंखलामा अवरोधका कारण कम विकसित (एलडीसी) भूपरिवेष्ठित (एलएलडीसी) र साना सामुन्द्रिक टापुका कम विकसित (एसआईडी) जस्ता मुलुकहरुलाई बढी चुनौती थपिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र नीतिको उद्देश्यलाई औंल्याउँदै छिमेकी र अन्य सबै देशहरुसँग समानता, पारस्परिक सम्मान र न्यायका सिद्धान्तहरुको आधारमा सम्बन्ध विस्तार गर्ने कार्य प्राथमिकतामा रहेको बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!