Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालका राष्ट्रपति भण्डारी र चीनका राष्ट्राध्यक्ष सी बीच टेलिफोन वार्ता


चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २७ तारिख राति नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग फोन वार्ता गर्नुभएको छ।

सो क्रममा राष्ट्राध्यक्ष सीले अकस्मात फैलिएको कोभिड-१९ महामारीका सामु चिनियाँ जनताले चिनियाँ अवस्था अनुकूल प्रभावकारी कदम चालेर धेरै प्रयासमा सबैभन्दा गाह्रो अवधि जितेको कुरा प्रकट गर्नुभएको छ।

उहाँका अनुसार, चीनमा महामारीको रोकथाम तथा नियन्त्रण सबैभन्दा महत्वपूर्ण समयमा नेपाल सरकार र जनताले चीनलाई सुदृढ समर्थन दिएको छ। जसले चिनियाँ जनताका लागि नेपाली जनताको गहिरो मित्रता झल्किएको छ। चीनले सधैं नेपालमा महामारीको अवस्थामाथि नजर पुर्याइरहेको र निरन्तर रूपमा नेपाललाई सुदृढ समर्थन दिनेछ। दुई देशका स्वास्थ्य संस्थाले आदान-प्रदान तथा सहयोगलाई सबल पार्नुपर्छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाल सरकार र जनताले अवश्य नै महामारीलाई पराजित गर्ने विश्वास उहाँले गर्नुभएको छ। महामारी पूरा भएपछि दुई पक्षले गत वर्ष नेतागणबीच आपसी भ्रमणमा प्राप्त सहयोगात्मक सहमतिलाई निरन्तर रूपमा व्यवहारमा उतारेर रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको अझ विकास गर्नेछन्।

Insert your Ads code here

महामारीको चुनौतीका सामु अन्तर्राष्ट्रिय जगतले पहिलेभन्दा अझ बढी एकता तथा सहयोग आवश्यक पर्ने बताउँदै उहाँले बहुपक्षीयताको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय न्याय र नैतिकता लागू गर्नुपर्ने बताउनुभयो। चीनले मानव भाग्य समुदायको निर्माण गर्ने अवधारणा लिएर महामारी विरूद्धमा अन्तर्राष्ट्रिय सहयोगका साथै डब्लुएचओको नेतृत्वदायी भूमिकालाई समर्थन दिनेछ।

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्राध्यक्ष सीको उचित नेतृत्वमा चीन सरकारले निर्णायक तथा प्रभावकारी कदम चालेर सफलताका साथ महामारी नियन्त्रण गर्नुका साथै अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पारेको कुरा बताउनुभएको छ। उहाँले चीनले कोरोना विरुद्ध लड्न लिएको दह्रो प्रयासको प्रशंसा गर्नुका साथै चीनको अनुभवले विश्वमा कारोनाविरूद्ध संघर्ष गरिरहेका मुलुकहरुलाई विश्वास थप्ने कुरा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, गत वर्ष राष्ट्राध्यक्ष सीले नेपालको राजकीय भ्रमण गरेर दुई देशको सम्बन्धलाई नयाँ युगमा अघि बढाएको छ। चीनले नेपाललाई आवश्यक चिकित्सा आपूर्ति गरेकोमा उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ। नेपालले सिमापार रेलवे लगायत सहयोगलाई निरन्तर रूपमा अगाडि बढाउनेछ। महामारीपछि नेपाल र चीनको मित्रता अझ दृढ हुने र सहयोगमा अझ बढी उपलब्धि हासिल गर्ने विश्वास उहाँले गर्नुभएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!