Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपालका लागि चिनियाँ कार्गो रेल अाउँदै


चीनको कान्सु प्रान्तको सदरमुकाम लान्चौबाट मे २३ मा नेपालका लागि कार्गो रेल छुटेको छ। यससँगै लान्चौबाट दक्षिण एसिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेल पुनः सुरू भएको छ।

यो ३९० टन सामान बोकेको कार्गो रेलका कन्टेनरलाई तिब्बतको शिगाचे पुगेपछि इन्टरमोडल ट्रान्सपोर्ट तरिकाबाट सडकको माध्यमबाट ढुवानी गरिनेछ। जुन दस दिनभित्र काठमाडौँ पुग्नेछ। सो कार्गो रेल १३ लाख अमेरिकी डलर मूल्य बराबरका दैनिक आवश्यकताका सामान, जुत्ता, कपडा, गाडीका सरसामान तथा निर्माण सामग्रीले भरिएका छन्।

लान्चौबाट शिगाचेसम्म २४ सय ३१ किलोमिटरको रेल यात्रापछि ५६४ किलोमिटरको सडक यातायातबाट केरूङ र त्यहाँबाट १६० किलोमिटरपछि काठमाडौँ पुग्नेछ। यो चीनको पश्चिमी क्षेत्रको विकासका लागि एउटा महत्वपूर्ण प्लेटफर्म हुनुको साथै बेल्ट एण्ड रोड र अन्तर्राष्ट्रिय व्यापारका लागि पनि एउटा महत्त्वपूर्ण हब हो। दक्षिण एसियाली बजार विस्तार गर्न आर्थिक र व्यापार सहयोग प्रवर्द्धनका लागि उत्कृष्ट विकल्प बनेको छ।

Insert your Ads code here

२०१६ मा दक्षिण एसिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेलको आरम्भ भएयता रेल तथा रेलसेवा सञ्चालनको गुणस्तर निरन्तर सुध्रिँदै आएको छ। चिनियाँ सञ्चार माध्यम अनुसार, हालसम्म व्यापार मात्रा करिब ४ बिलियन युआन पुगेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!