Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालका लागि चिनियाँ राजदूत होउ याञ्छीद्वारा भेटवार्ता


नेपालको वर्तमान तरल राजनीति र कोरोना भाइरसबाट उत्पन्न परिस्थितिमा सक्रिय चासो लिँदै आएको चीनका नेपालस्थित राजदूत होउ याञ्छीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नुभएको छ।

शुक्रबार बिहान करिब एक घण्टा भएको भेटघाटको बिस्तृत विवरण प्राप्त नभए पनि नेकपाभित्रको द्वन्द र ओलीको निरन्तरताको सम्भावनाबारे छलफल भएको बुझिएको छ। प्रचण्डसँगको भेटलगत्तै उहाँ वरिष्ट नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुग्नुभएको थियो।

राजदूत होउले बिहीबार राति राजनीतिक संकटको भूमरीमा फसेका प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गर्नुभएको थियो।

Insert your Ads code here

करिव एकसाता पहिले चिनियाँ राष्ट्रपति सी चिनफिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरी ओलीको सुस्वास्थ्य र खुशीका लागि दिएको शुभकामनालाई ओलीपक्षले वर्तमान राजनीतिक संकटमा चीनको ओलीलाई समर्थनका रुपमा प्रस्तुत गर्दै आएको छ। राष्ट्रपति सीको भण्डारीसँग फोन वार्तापछि राजदूत याञ्छीले भण्डारीसँग एक्लै भेटघाट गर्नुभएको थियो। जसबारे राष्ट्रपति कार्यालयले कुनै सार्वजनिक जानकारी दिएको छैन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!