Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालका लागि भारतीय नयाँ राजदूत विनयमोहन क्वात्रा


भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ। डिसेम्बरबाट मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनयमोहनलाई नेपाल पठाउन लागेको हो। मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको डिसेम्बरबाट ३ वर्षे कार्यकाल सकिएको थियो।

विनयमाेहन अहिले फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन्। उनी भारतीय विदेश मामिलामा ३० वर्षदेखि सेवारत छन्।

नेपालका लागि भारतीय राजदूत सिफारिस भएकाउनलेयसअघि प्रधानमन्त्री कार्यालयमा सहसचिव तथा विदेश मन्त्रालयको नीति योजना तथा अनुसन्धान विभागका प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै काठमाडौंमा रहेर उनले सन् २००६ देखि २०१० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयाेग संगठन (सार्क) सचिवालयकाे निर्देशककाे जिम्मेवारी सम्हालेका थिए।

Insert your Ads code here

भारतीय पक्षले सोमबार नयाँ राजदूतका बारेमा जानकारी गराएको परराष्ट्र मन्त्रालयले कान्तिपुरलाई जानकारी दियो। ‘भारतका नयाँ राजदूत क्वात्राको नाम अग्रिमोका लागि हामी कहाँ आइसकेको छ,’ परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले भने।

क्वात्रा फेब्रुअरीको पहिलो हप्ता काठमाडौं आइपुग्ने बताइएको कान्तिपुर अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!